काठमाडौं । मंगबालर सुनको मूल्यमा नयाँ रेकर्ड कायम भएको छ ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य प्रतितोला २ लाख ४८ हजार ५ सय रुपैयाँ पुगेको छ ।
सोमबार बजारमा सुन २ लाख ४० हजार ४०० रुपैयाँ रहेको थियो । सोमबारको तुलनामा मंगलबार सुनको मूल्य प्रतितोला ८ हजार १ सय रुपैयाँले बढेको छ ।
यो रकम हालसम्मको उच्च हो ।
मंगलबार चाँदीको मूल्य ३ हजार ३२५ प्रतितोला रहेको छ । सोमबार चाँदी प्रतितोला ३ हजार २ सय २० रुपैयाँ रहेको थियो ।






प्रतिक्रिया दिनुहोस्