Skip to content
Prabhu

बैंकको ऋण नतिर्नेमा १५ जिल्ला अगाडि, मधेश र लुम्बिनीका तराईका जिल्ला खराब

काठमाडौं । बैंक तथा वित्तीय संस्थालाई अहिले ऋण उठाउन निकै मुस्किल परेको छ ।

विगतमा सजिलोसँग दिएको ऋण उठाउन बैंक तथा वित्तीय संस्थाका कर्मचारी निकै कठिन अवस्थामा छन् ।

बैंक तथा वित्तीय संस्थाले प्रकाशित गरेको वित्तीय विवरणले ऋण उठ्न नसेको देखिएको छ । जसले गर्दा बैंकहरुको नाफा बढेको छैन भने नाफा गरेका बैंकले पनि सेयरधनीलाई वितरण गर्न मिल्ने नाफा छैन ।

बैंक तथा वित्तीय संस्थाका प्रतिनिधिहरुका अनुसार अहिले सबैभन्दा बढी ऋण खराब मधेश प्रदेशका सबै र लुम्बिनी प्रदेशका तराईका जिल्लाहरु भएका छन् ।

मधेश प्रदेशमा ४ खर्ब ७२ अर्ब रुपैयाँ ऋण गएको राष्ट्र बैंकको तथ्यांकमा देखिन्छ । यस्तै लुम्बिनी प्रदेशका तराईका जिल्लामा पनि गएको ऋण उठाउन मुस्किल परेको अनुभव बैंकरहरुको रहेको छ । राष्ट्र बैंकको तथ्यांक अनुसार लुम्बिनी प्रदेशको तराईका जिल्लामा ५ खर्ब ३३ अर्ब रुपैयाँ ऋण गएको छ । लुम्बिनीका तराईका जिल्ला र मधेश प्रदेशका सबै जिल्लामा गर्दा बैंक तथा वित्तीय संस्थाले १० खर्बभन्दा बढी रकम कर्जा दिएका छन् ।

लुम्बिनी प्रदेशमा ऋण बिगर्नुको पछाडि मुख्य कारण त्यहा निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेको अन्तर्राष्ट्रिय विमानस्थलले गर्दा हो ।

रुपन्देहीमा अन्तर्राष्ट्रिय विमानस्थल बनेपछि नियमित उडान हुने आशामा होटल क्षेत्र सहित जग्गामा ठूलो लगानी व्यवसायीहरुले सो क्षेत्रमा गरेका थिए । रुपन्देही,नवलपरासी र कपिलबस्तु जिल्लामा यस्तो लगानी बढेको थियो । तर,भैरहवामा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालन हुन नसकेपछि सञ्चालनमा आएका होटलहरु चल्न नसक्ने स्थितिमा छन् भने त्यहीलाई आधारमा मानेर जग्गामा भएको लगानी समेत समस्यामा परेको हो ।

 

राष्ट्र बैंकको तथ्यांक अनुसार रुपन्देहीमा जिल्लामा मात्र बैंक तथा वित्तीय संस्थाले २ खर्ब ७९ अर्ब रुपैयाँ ऋण दिएका छन् । यस्तै नवलपरासीमा ३६ अर्ब तथा कपिलबस्तुमा ३२ अर्ब रुपैयाँ ऋण गएको छ ।

अन्तर्राष्ट्रिय विमास्थल सञ्चालन हुने आशामा लगानी गरेका व्यवसायीहरु निकै समस्यामा छन् ।

“मधेश प्रदेशमा ऋण प्रवाहमा शुसासनको समस्या बढी देखियो,”एक बैंकका प्रमुख कार्यकारी अधिकृतले भने,“लुम्बिनी प्रदेशमा भने अन्तर्राष्ट्रिय विमानस्थल चल्छ भनेर बढी ऋण गएको देखियो।”
राष्ट्र बैंकको तथ्यांक अनुसार मधेश प्रदेशमा सबैभन्दा बढी ऋण पर्सा जिल्लामा १ खर्ब ६८ अर्ब रुपैयाँ प्रवाह भएको छ ।

यस्तै बारामा ४४ अर्ब ४७ करोड,धनुषामा ६६ अर्ब ९५ करोड,महोत्तरी ३६ अबए ८३ करोड,रौतहटमा ३३ अर्ब ९० करोड,सप्तरीमा २३ अर्ब ९७ करोड,सर्लाहीमा ४५ अर्ब ८१ करोड,सिरहामा ५१ अर्ब ३७ करोड,बाँकेमा ९२ अर्ब ६३ करोड,बर्दियामा २३ अर्ब ६८ करोड,दाङमा ६८ अर्ब करोड १३ करोड,कपिलवस्तुमा ३२ अर्ब १७ करोड,नवलपरासीमा पश्चिममा ३६ अर्ब ८७ करोड रुपैयाँ प्रवाह भएको छ ।

ऋण नउठ्ने भएपछि अहिले बैंकहरुले मधेश प्रदेशका जिल्लाहरुमा ऋण नदिने नीति लिएका छन् । मधेश प्रदेशमा ऋण दिएपछि उठाउन व्यवसायिक रुपले समस्या भएको अनुभव बैंकरहरुको छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal