Skip to content

हिमाल आरोहणका लागि ७८ देशका १ हजार २ सय जनाले लिए अनुमति

काठमाडौं । यो सिजनका लागि हिमाल चढ्न १ हजार २ सय ३ जनाले अनुमति लिएका छन्। कुल १ सय ४६ टिममा ९ सय २० जना पुरूष र २ सय ८३ महिला छन्।

असोज २९ गतेसम्म ७८ देशका पर्यटकले नेपाल पर्यटन विभागमा विभिन्न हिमाल चढ्न अनुमति लिएका हुन्। यसबाट २२ करोड ९२ लाख रूपैयाँ राजस्व संकलन भएको छ।

विभागका अनुसार यो सिजनका लागि मनास्लु हिमाल चढ्न सबैभन्दा धेरै पर्यटकले अनुमति लिएका छन्। मनास्लुका लागि ३७४ जनाले अनुमति लिएका हुन्।

त्यस्तै क्रमशः आमा डब्लमका लागि २७४, हिमलुङ्ग १७६ र सगरमाथाका लागि ४ जनाले अनुमति लिएका हुन्।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T