काठमाडौं । चालु आर्थिक बर्ष २०८२/८३ को तीन महिनामा २ खर्ब ५१ अर्ब १८ करोड रुपैयाँ राजस्व संकलन भएको छ ।
अर्थमन्त्रालयका अनुसार यो रकम लक्ष्यको ७८.१२ प्रतिशत हो । सरकारले तीन महिनामा ३ खर्ब २१ अर्ब ५३ करोडको राजश्व सङ्कलनको लक्ष्य लिएको थियो ।
असोज एक महिनामा मात्रै १ खर्ब ३ अर्ब ७ करोड रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य रहेकामा ९२ अर्ब ४७ करोड सङ्कलन भएको छ । असोज ३१ गते एकै दिन ८ अर्ब ६ करोड राजश्व सङ्कलन भएको छ ।
असोज महिनामा लक्ष्यको ८९.७१ प्रतिशत राजश्व सङ्कलन भएको मन्त्रालयले जनाएको छ ।
सरकारले चालु आवमा १४ खर्ब ८० अर्ब रुपैयाँ राजस्व संकलन गर्ने लक्ष्य राखेको छ ।







प्रतिक्रिया दिनुहोस्