Skip to content

जीबी राईको राहदानी रद्द गर्न प्रहरीले पठायो पत्र

nabil
global ime

 

काठमाडौं । सूर्यदर्शन सहकारीको संस्थापक अध्यक्ष गितेन्द्रबावु (जीबी) राईको राहदानी रद्द गर्न प्रहरीले पत्राचार गरेको छ। जिल्ला प्रहरी कार्यालय कास्कीले राहदानी विभागलाई पत्राचार गरेको हो।

मलेसियाबाट जीबी संयुक्त अरब इमिरेट्स (यूएई) पुगेको सूचना प्रहरीलाई प्राप्त भएपछि राहदानी नै रद्द गर्न लागिएको प्रहरी उच्च स्रोतले जानकारी दिएको छ। त्यसअघि उनी सिंगापुर पनि गएका थिए। मलेसियाबाट सिंगापुर जान भने भिसा आवश्यक पर्दैन।

तर, जीबी करिब १० दिन पहिले यूएई गएको सूचना आएको प्रहरी उच्च स्रोतले बताएको छ। जीबीविरुद्ध यसअघि नै इन्टरपोलबाट डिफ्युजन र रेड नोटिस जारी भइसकेको छ। अर्बौं ठगी गरेर भागेका जीबीलाई पक्राउ गर्न नसकेको भन्दै गृहमन्त्री रवि लामिछानेको चर्को आलोचना भइरहेको छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima