काठमाडौं । आइतबार सुन–चाँदीको मूल्य घटेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलाको चार हजार ८०० सय रुपैयाँले घटेको छ । यता यस दिन चाँदीको मूल्य पनि तोलाको ७५ रुपैयाँले घटेको महासंघले जनाएको छ ।
आइतबारको लागि सुनको मूल्य प्रतितोला २ लाख ५३ हजार २०० रुपैयाँ कायम भएको छ । गत शुक्रवार सुनको मूल्य तोलाको २ लाख ५८ हजार रुपैयाँ रहेको थियो ।
यसैगरी, आइतबारको लागि चाँदीको मूल्य ३ हजार २७५ रुपैयाँ कायम भएको छ । गत शुक्रवार चाँदीको मूल्य तोलाको ३ हजार ३५० रुपैयाँ रहेको थियो ।
प्रतिक्रिया दिनुहोस्