Skip to content

अतिरिक्त सचिव संगीता मिश्रसहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर

nabil bank

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अतिरिक्त सचिव एवं स्वास्थ्य सेवा विभागका तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रसहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले स्वास्थ्य सेवा विभागमा म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा ठूला अनियमितता भएको ठहर गर्दै मिश्रसहित १४ जनामाथि भ्रष्टाचारको मुद्दा दायर गरेको छ ।

आयोगले ठेक्का सम्झौता शर्तविपरीत मिलेमतो गरी सम्पूर्ण सामाग्री नआउँदै झुट्टा बिल–बिजक, गलत प्रतिवेदन र भुक्तानी प्रक्रिया पूरा गरिएको ठहर गरेको हो ।

आयोगका अनुसार विभागले आर्थिक वर्ष २०८०/८१ मा म्यामोग्राफी मेसिन खरिद गर्दा लागतअनुमान तयार गर्ने चरणदेखि नै राष्ट्रसेवक कर्मचारी र ठेकेदारबीच मिलेमतो भएको प्रमाणित भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime