Skip to content

दुई महिनामा करिब पौने २ अर्बको ड्राइफ्रुट्स आयात, सबैभन्दा धेरै सुपारी भित्रियो

nabil bank

काठमाडौं । चालु आर्थिक वर्षको दुई महिनामा करिब पौने २ अर्ब रुपैयाँ बराबरको ड्राइफ्रुट्स आयात भएको छ ।

भन्सार विभागका अनुसार चालु आर्थिक वर्षको दुई महिनाको अवधिमा १ अर्ब ८४ करोड रुपैयाँ बराबरको ड्राइफ्रुट्स आयात भएको हो । चालु आवको भदौ मसान्तसम्ममा सबैभन्दा धेरै सुपारी आयात भएको  विभागले जनाएको छ ।  विभागका अनुसार दुई महिनामा ४७ करोड ९ लाख ३४ हजार रुपैयाँको सुपारी आयात भएको छ ।

यसैगरी, भदौ मसान्तसम्म ३७ करोड ६४ लाख ५१ हजार रुपैयाँको किसमिस आयात भएको छ । यस अवधिमा २६ करोड ९७ लाख रुपैयाँ बराबरको नरिवल, २४ करोड ६४ लाख २ हजार रुपैयाँको ओखर आयात भएको छ ।

विभागका अनुसार, यो अवधिमा २३ करोड ७९ लाख ७९ हजार रुपैयाँको बदाम, २ लाख ४३ हजार रुपैयाँको कटुस, ४ करोड ६ लाख ६३ हजार रुपैयाँको पेस्ता, २ लाख ८८ हजार रुपैयाँको अञ्जीर, ६१ लाख ७४ हजार रुपैयाँको छोकडा र १३ लाख ३७ हजार रुपैयाँ बराबरको अन्य ड्राइफ्रुट्स आयात भएको छ ।

विभागका अनुसार यस अवधिमा सबैभन्दा बढी ड्राइफ्रुट्स इन्डोनेसिया आयात भएको छ । यो अवधिमा यो देशबाट ४६ करोड २९ लाख ६४ हजार रुपैयाँको आयात भएको छ । यसैगरी, भारत ३८ करोड ३३ लाख ३१ हजार रुपैयाँ, चीनबाट २५ करोड ८१ लाख २२ हजार रुपैयाँको अमेरिकाबाट २३ करोड ६४ लाख ४० हजार रुपैयाँको आयात भएको विभागले जनाएको छ ।

यस अवधिमा बहराइन १७ हजार, क्यामरुन १ हजार, चिली २ करोड ७८ लाख १९ हजार, हङकङ ८ हजार, जापान १ हजार, जोर्डन २ हजार, केन्या २ लाख ४९ हजार, कुवेत २ लाख २० हजार रुपैयाँ बराबरको ड्राइफ्रुट्स आयात भएको हो ।

मलेसिया ७९ लाख ७० हजार, नाइजेरिया २ हजार, ओमान २० हजार, पेरु ८ लाख ४४ हजार रुपैयाँ, भेनेजुएला ३९ लाख २२ हजार, ६ करोड २० लाख ४९ हजार रुपैयाँको आयात भएको छ । यस्तै कतार ४ लाख ५३ हजार, साउदी अरेबिया ३ लाख ३७ हजार, युएई ५ लाख ८७ हजार, बेलायत १२ हजार, तान्जानियाबाट १ हजार रुपैयाँको आयात भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime