Skip to content
Prabhu

अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री

काठमाडौं । सरकारले अपाङ्गता भएका व्यक्तिलाई निःशुल्क सहायक सामग्री उपलब्ध गराउने भएको छ । राष्ट्रपति रामचन्द्र पौडेलले आज आगामी आर्थिक वर्षको सरकारको नीति तथा कार्यक्रम सङ्घीय संसद्का संयुक्त बैठकमा प्रस्तुत गर्दै उक्त सामग्री देशभित्रै उत्पादन गरिने र स्थानीय तहमार्फत निःशुल्क उपलब्ध गराउन प्रबन्ध मिलाइने उल्लेख गरे ।

साथै अपाङ्गता भएका व्यक्तिलाई सम्मानपूर्ण जीवनको प्रत्याभूति गर्न अपाङ्गता विशेष कार्यक्रम सञ्चालन गरिनेछ समेत नीति तथा कार्यक्रममा उल्लेख छ । ‘अपाङ्गतामैत्री सार्वजनिक संरचना तथा सेवाप्रवाहको व्यवस्था मिलाइनेछ, दलित, मुसहर, पिछडा वर्ग, वादी, लोपोन्मुख तथा सीमान्तकृत जाति एवम् लैङ्गिक अल्पसङ्ख्यकको अधिकार सुरक्षित गरिने छ’, नीति तथा कार्यक्रममा उल्लेख छ ।

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal