Skip to content

केपी ओलीको सपना साकार पार्न डेढ अर्बको लागतमा बनेको दमकको ‘भ्यू टावर’

nabil bank
नमूना ‘भ्यू टावर’ सुरुङ्गा (झापा), १ जेठ ः झापाको दमकमा निर्माण गरिएको नेपालकै नमूना र फरक डिजाइनमा तयार गरिएको ‘भ्यू टावर’ । एक अर्ब ५० करोड ६३ लाख ८५ हजार नौ सय ६४ रुपैयाँको लागतमा दमक नगरपालिका–३ स्थित दापगाछीमा २०७६ साल असार २७ गते बाट निर्माण शुरु गरिएको थियो । नयाँ प्रविधिमा निर्माण गरिएको १८ तले भ्यू टावर १ सय मिटर अग्लो रहेको छ । तस्विर – सुरेन्द्र भण्डारी

झापा । तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घटान गरेको झापाको भ्यू टावर’ निर्माणको अन्तिम चरणमा प्रवेश गरेको छ ।

झापाको दमकमा निर्माण गरिएको नेपालकै नमुना र फरक डिजाइनमा तयार ‘भ्यू टावर’ तयार पारिएको हो । जसको लागत १ अर्ब ५० करोड ६३ लाख ८५ हजार नौ सय ६४ रुपैयाँको रहेको छ ।

दमक नगरपालिका–३ स्थित दापगाछीमा २०७६ साल असार २७ गते बाट निर्माण शुरु गरिएको थियो । नयाँ प्रविधिमा निर्माण गरिएको १८ तले भ्यू टावर १ सय मिटर अग्लो रहेको छ । रासस सहयोगमा तस्बिर:  रासस

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime