Skip to content

जेनजी आन्दोलनका कारण हायात रिजेन्सी होटल अनिश्चितकालका लागि बन्द

काठमाडौं । हायात रिजेन्सी होटल अनिश्चितकालका लागि बन्द भएको छ ।

जेनजी आन्दोलनका क्रममा तोडफोड भएको होटल अनिश्चितकालका लागि बन्द भएको जनाइएको छ ।

होटलका मानव संसाधन निर्देशक मोहम्द यूसुफ चौधरीले जारी गरेको सूचनामा जेनजी आन्दोलनका क्रममा भएको क्षति र सुरक्षाजन्य संवेदनशीलताका कारण होटल बन्द भएको उल्लेख छ ।

सूचनामा भनिएको छ, होटेलको मर्मत र पुनर्निर्माणको जोखिम तथा सुरक्षा संवेदनशिलता समेतलाइ मध्येनजर गर्दै होटेलबाट प्रवाह हुँदै आएको व्यवसायिक सेवा लगायत सम्पुर्ण होटल नै पुर्ण रुपमा बन्द रहेको हुनाले यस विषयमा प्रतिष्ठानमा क्रियाशिल ट्रेड युनियनसँग छलफल भइ प्रतिष्ठानमा कार्यरत सम्पुर्ण श्रमिकहरु अर्को सुचना प्रेषित नहुदा सम्म वा अन्य निर्णय नहुँदासम्म सम्पुर्ण श्रमिकलाई होटेल परिसरमा उपस्थित नहुन अवगत गराइन्छ ।’

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima