Skip to content

आरजु राणा देउवाको नाम जोडिएको युलेन्स स्कुलको व्यापार सामान्य बढ्याे

nabil bank

काठमाडौं । पूर्वपरराष्ट्रमन्त्री आरजु  राणा देउवाको नाम जोडिएर चर्चामा रहेको युलेन्स एजुकेसन फाउन्डेसनको कारोबार बढेको छ । अघिल्लो आर्थिक वर्षको तुलनामा गत आवमा आउँदा यस फाउन्डेसनको ब्यापार बढेकाे हाे ।

गत आर्थिक वर्षसम्म आउँदा यस फाउन्डेसनले ७७ करोड ४० रुपैयाँ बराबरको व्यापार गरेको छ । यस फाउन्डेसनको व्यापार सन् २०२४ मा ७६ करोड ५० लाख रुपैयाँ रहेको थियो । युलेन्स स्कुल सञ्चालन गरिरहेको फाउन्डेसनले सन् २०२३ मा ७५ करोड ४० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो ।

गैरनाफामूलक युलेन्स एजुकेसन फाउन्डेसनले युलेन्स स्कुल (के–१२ र आइबीडीपी) सञ्चालन गरिरहेको छ। कक्षा ११ र १२ भने नेपाल सरकारअन्तर्गतको राष्ट्रिय परीक्षा बोर्ड र आइबीडीपी भने स्वीट्जरल्यान्डको आइबीओको सम्बन्धन प्राप्त गरेको छ।

यस फाउन्डेसनको स्थापना सन् २००६ मा भएको हो । यसैगरी, यस ‘इंटरनेसनल ब्याकलोरिएट डिप्लोमा प्रोग्राम’(आइबीडीपी) स्विट्जरल्याण्डस्थित इंटरनेशनल ब्याकलोरिएट अर्गनाइजेशन (आईबीओ) सँग आवद्ध रहेको छ।

यस फाउन्डेसनले अल्पकालिन तथा दीर्घकालीन गरेर ६५ लाख रुपैयाँ बराबरको ऋणको रेटिङ गराएको छ। फाउन्डेसनले अल्पकालिन तर्फ ५ करोड र दिर्घकालिन तर्फ ६० करोड ऋणको रेटिङ गराएको छ । कम्पनीको ऋणलाई केयर रेटिङ नेपालले फाउन्डेसनको कर्जा सुविधासम्बन्धी व्यवस्थालाई पुनःपुष्टि गरेको हो ।

संस्थाले फाउण्डेशनका दीर्घकालीन कर्जाका लागि प्रदान गरिएको ‘केयर–एलपि त्रिपलबी’ अल्पकालिन कर्जालाई ‘केयर–एनपी एथ्रि’ रेटिङलाई यथावत् राखेको हो।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime