Skip to content

एभरेष्ट सुगर मिलले एक वर्षमा गर्यो सवा २ अर्बको व्यापार, अघिल्लो वर्षभन्दा घट्यो

nabil bank

काठमाडौं । एभरेष्ट सुगर एण्ड केमिकल इन्डष्ट्रिजले गत आर्थिक वर्षमा सवा २ अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ । यस कम्पनीको व्यापार अघिल्लो आर्थिक वर्षकोभन्दा घटेको हो । अघिल्लो आर्थिक वर्ष यस कम्पनीले ३ अर्ब ३२ करोड रुपैयाँको व्यापार गरेको थियो ।

कम्पनीले सन् २०२३ मा १ अर्ब ३२ करोड ६० लाख रुपैयाँ र सन् २०२२ मा १ अर्ब ३७ करोड रुपैयाँको व्यापार गरेको थियो । कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ३ अर्ब ६ करोड ७० लाख रुपैयाँको रेटिङ गराएको छ।

कम्पनीले गत आर्थिक वर्षमा १२.६६ प्रतिशत खुद नाफा कमाएको छ । सन् २०२४ मा १६.२२ प्रतिशत खुद नाफा कमाएको थियो । यो कम्पनी सन् १९९३ मा स्थापना भएको हो । यस कम्पनीले प्रतिदिन ५ हजार ५ सय मेट्रिक टन ऊखु प्रशोधन गरी चिनी उत्पादन गर्दै आएको छ । कम्पनीले सामान्य र सल्फर फ्रि–सुगर उत्पादन गर्दै आएको छ । महोत्तरीको गौशालामा रहेको उद्योगमा सराफ र अग्रवाल परिवारको सेयर स्वामित्व रहेकाे छ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime