Skip to content

सुनको मूल्य प्रतिताेला २९०० सयले घट्यो, चाँदीको मूल्यमा पनि गिरावट

nabil bank

काठमाडौं । मंगलबार पनि नेपाली बजारमा सुन र चाँदीको मूल्य घट्ने क्रमले निरन्तरता पाएको छ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला २ हजार ९०० रुपैयाँ घटेको छ । यसैगरी, आज भने चाँदी तोलामा ६० रुपैयाँ घटेको छ।

आज छापावाल सुनको मूल्य प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भइरहेको छ। सोमबार छापावाला सुनको मूल्य तोलाको २ लाख ३९ हजार ९०० रुपैयाँमा कारोबार भएको थियो।

सोमबार प्रतितोला २ हजार ९ सय ८० रुपैयाँमा कारोबार भएको चाँदी आज भने २ हजार ९२० रुपैयाँमा कारोबार भइरहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime