Skip to content

सुनको मूल्य घट्यो, चाँदीको बढ्यो

nabil bank

काठमाडौं । आज नेपालमा सुनको मूल्य घटेको छ भने चाँदीको मूल्य बढेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला ७०० रुपैयाँ घटेको छ ।

आज सुन प्रतितोला २ लाख ३६ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ। मंगलबार सुन प्रतितोला २ लाख ३७ हजार रुपैयाँमा कारोबार भएको थियो ।

यस्तै चाँदीको मूल्य प्रतितोला ४५ रुपैयाँ बढेको छ । मंगलबार प्रतितोला २ हजार ९२० रुपैयाँमा कारोबार भएको चाँदी बुधबार भने २ हजार ९६५ रुपैयाँमा कारोबार भएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime