Skip to content

खराब मौसमका कारण विमानहरू आकाशमा फन्को मार्दै, आन्तरिकतर्फका १५२ उडान प्रभावित

nabil bank

काठमाडौैं । आज बिहानै देखि मौसममा आएको खराबीका कारण हवाई उडान प्रभावित भएको छ ।

मौसम खराबीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमानहरु अवतरण हुन सकेका छैनन् । भरतपुर, पोखरा तुम्लिङटारको उडान प्रभावित भएको छ ।

यो समाचार तयार पार्दासम्म केही आकाशमा होल्ड भइरहेका छन् । भारतको नयाँ दिल्लीबाट आएको विमान फिर्ता भएको छ भने साउदी अवरको दमामबाट काठमाडौं आएका विमान निजगढको आकाशमा होल्ड भएको छ ।

आज खराब मौसमका कारण आन्तरिक तर्फका १५२ उडान प्रभावित भएका छन् ।

 

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime