Skip to content

एक विदेशी आरोहीको उद्धार, दुईको खोजीकार्य जारी

गोरखा । गोरखाको पाङ्बारी हिमालमा पाँच दिनदेखि फसेका तीन इटालीका नागरिकमध्ये एक जनाको उद्धार भएको छ भने दुई जनाको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

पाँच हजार मिटर उचाइमा अवस्थित आधार शिविरमा रहेका ६५ वर्षका भेल्टर परलिनोको आज बिहान १० बजे हेलिकप्टरमार्फत उद्धार गरी चुमनुब्री–१ साम्दोमा ल्याइएको प्रहरी नायब उपरीक्षक राजकुमार श्रेष्ठले जानकारी दिए।

उनको साथमा रहेका पेम्बा रेञ्जी शेर्पा, दावा छिरी शेर्पा र पासाङ तामाङको पनि हेलिकप्टरबाट उद्धार गरिएको उनले जानकारी दिए । तर ५५०० मिटर उचाइमा अवस्थित क्याम्प–१ मा रहेका ६७ वर्षका स्तेफानो फरिनातो र ३७ वर्षका अलेस्सान्द्रो गापुटोको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

तीन इटालीका आरोही र तीन नेपाली सहयोगी गत बुधबारदेखि पाङ्बारी हिमालको आधार शिविरमा फसेका थिए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T