Skip to content

बस्नेतको पाँचतारे होटल ग्राण्ड सेन्ट्रलले गर्यो १ अर्ब १० करोड कर्जाको रेटिङमा सुधार 

nabil bank
काठमाडौं । सुनसरीमा निर्मित पाँचतारे होटल ‘ग्राण्ड सेन्ट्रल होटल’ ले सवा अर्ब रुपैयाँ बराबरको ऋणको रेटिङ गराएको छ । रेटिङ एजेन्सी इन्फोमेरिक्स क्रेडिट रेटिङ नेपालले होटलको अल्पकालीन र दीर्घकालीन गरेर १ अर्ब १३ करोड ३० लाख रुपैयाँ कर्जाको रेटिङ गराएको हो ।
कम्पनीको दीर्घकालीन कर्जालाई इन्फोमेरिक्स क्रेडिट रेटिङले  ‘आइआरएन बीबी र अल्पकालीन कर्जालाई  ‘आइआरएन ए४’ रेटिङ दिएको छ । होटलले यस अघि सोही कर्जामा  ‘आइआरएन बीबी (डबल बी माइनस)’ र ‘आइआरएन ए४’ रेटिङ प्राप्त गरेको थियो।
रेटिङ एजेन्सीले कम्पनीको दीर्घकालीन बैंक सुविधासम्बन्धी रेटिङ सुधार गरेको हो। कम्पनीले दीर्घकालीन तर्फको १ अर्ब १० करोड ३० लाख रुपैयाँ बराबरको कर्जाको रेटिङ  आइआरएन डबल बी माइनसबाट सुधार गरी  आइआरएन डबल बी प्रदान गरिएको हो ।
इनफोमेरिक्सले गरेको तत्कालीन रेटिङले यस कम्पनीको वित्तीय अवस्था मध्यम स्तरको रहेको संकेत गर्छ ।  कम्पनीले पाएको रेटिङले यसको दीर्घकालीन ऋण तिर्ने क्षमतामा केही जोखिम रहेको भए पनि, कम्पनीले हालसम्म आफ्नो दायित्व पूरा गर्ने पर्याप्त क्षमता प्रदर्शन गरेको जनाउँछ।
नेपाल उद्योग वाणिज्य महासंघका पर्यटन तथा हवाई यातायात समितिका सभापति देशबन्धु बस्नेत ९अजित०को एकल लगानीमा सञ्चालनमा आउन लागेको उक्त होटलले सो रेटिङ पाएसँगै डबल बीबाट दीर्घकालीनका लागि १ करोड १० करोड ३० लाख रुपैयाँ बैंक कर्जा सुविधा र दोस्रो रेटिङमार्फत छोटो अवधिका लागि ३ करोड रुपैयाँ बराबरको कर्जा सुविधा लिन सक्ने भएको छ ।
विन्धाम होटल एसिया प्यासिफिकबाट मान्यताप्राप्त उक्त होटललाई होटलको स्थान र निर्माण सक्रियता, विदेशी होटलबाट मान्यता प्राप्त र लगानीकर्ताको सफलताका आधारमा उक्त रेटिङ दिइएको रेटिङ प्रदायक कम्पनी इन्फोमेरिक्सले जानकारी दिएको छ । उक्त रेटिङ कम्पनीका लगानीकर्ताहरूको अनुभव, पर्यटन र सेवा क्षेत्रलाई सरकारले दिइएको प्राथमिकतालगायतलाई आधारमा मानेर दिइएको हो ।
बस्नेतको इन्भेष्टमेन्ट कम्पनीले सेवा तथा पर्यटन क्षेत्रका धेरैजसो परियोजनाहरूमा प्रत्यक्ष लगानी र परियोजनाहरू निर्माण गर्दै आइरहेको छ । उक्त होटलले प्रतिष्ठित विदेशी चेन होटल विन्धामसँगको सहकार्यमा रामडा ब्रान्डलाई भित्र्याएको छ । विन्धाम होटलका विश्वभर ९५ देशमा ९ हजार १ सय होटलहरु सञ्चालित छन् । कुल लगानी १ अर्ब ७ करोड २० लाखमा निर्माण भइरहेको होटललाई २०२५ को मध्यतिर सफ्ट लन्च गरिसक्ने लक्ष्य लिएको छ । सन्२०२६ को सुरुवातमै पूर्ण सञ्चालनमा ल्याउने योजना छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime