Skip to content

हाथवे स्टक डिलरले एक वर्षमा गर्याे साढे ४ अर्बभन्दा धेरै व्यापार

nabil bank
काठमाडौं । हाथवे स्टक डिलर कम्पनीले गत आर्थिक वर्षमा साढे ४ अर्ब रुपैयाँभन्दा धेरैको व्यापार गरेको छ । आइएमई समूहको स्वामित्व रहेको यस कम्पनीले गत आर्थिक वर्षमा ४ अर्ब ६२ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको हो ।
अघिल्लो आर्थिक वर्षमा यस कम्पनीले १ अर्ब ८० करोड रुपैयाँ बरारबरकोमात्र व्यापार गरेको थियो । हातवे इन्भेष्टमेन्ट नेपालको सहायक कम्पनी रहेको यस कम्पनीले सन् २०२३ मा १ अर्ब २३ करोड २० लाख रुपैयाँ बराबरको व्यापार गरेको थियो । कम्पनीको व्यापारमा वर्षेनी उल्लेख्य सुधार आएको देखिन्छ ।
हाथवे इन्भेष्टमेन्टको यस स्टक डिलरमा ९० प्रतिशत लगानी रहेको छ । बाँकी १० प्रतिशत व्यक्तिगत लगानी रहेको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime