Skip to content

सीजीको ‘दशैं टीका फोटो सेयर गरौं र जितौं’ प्रतियोगितामा सीता खनाल सापकोटा विजेता

काठमाडौं । सीजी ब्रान्डले आयोजना गरेको ‘दशैं टीका फोटो साझा गरौं र जितौं’ प्रतियोगितामा बुढानिलकण्ठ निवासी सीता खनाल सापकोटा विजेता बनेकी छन्। विजेतालाई सीजी मेरिडिया ४३ जीटीभीयू–५ ४३ इन्च एआइ ४के अल्ट्रा एचडी टेलिभिजन प्रदान गरिएको हो।

सीजीले हालसालै बजारमा ल्याएको यो नयाँ मोडेलको टेलिभिजनमा इआइ प्रविधि तथा उच्च गुणस्तरीय ४के दृश्य अनुभव प्राप्त गर्न सकिन्छ। पुरस्कार ग्रहण गर्दै सापकोटाले भनिन्, ‘म साँच्चै खुशी छु कि म सीजीको दशैं टिका फोटो साझा गरौं र जितौं प्रतियोगितामा विजेता बनेँ। यस्तो आधुनिक टेलिभिजन जित्न पाउँदा अत्यन्तै हर्ष लागेको छ र यस अवसरका लागि म आभारी छु।’

उक्त प्रतियोगिताले दशैं पर्वका पारिवारिक खुसीका क्षणहरूलाई डिजिटल माध्यममार्फत साझा गर्ने अवसर प्रदान गरेको थियो। देशभरिबाट पठाइएका टिका तस्बिरहरूले नेपाली संस्कृतिको आत्मीयता, एकता र पारिवारिक सम्बन्धको सुन्दर झल्को प्रस्तुत गरेको कम्पनीले जनाएको छ।

विजेतालाई टेलिभिजन सीजी होम एप्लायन्सेसका प्रतिनिधि श्भरत प्रसाद साह र सज्ञान ढकालले हस्तान्तरण गरेका थिए।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T