Skip to content

गोयन्का समूहको सिद्धिविनायक स्टिल्सले एक वर्षमा एक अर्बको व्यापार गर्यो

nabil bank

काठमाडौं । गोयन्का समूहले सञ्चालन गरेको सिद्धिविनायक स्टिल्स कम्पनीले गत आर्थिक वर्षमा एक अर्ब रुपैयाँ बराबरको व्यापार गरेको छ । सन् २०१८ मा स्थापना भएको कम्पनीले एमएस ब्ल्याक पाइप र काट्ने सामग्री उत्पादन गरेर १ अर्ब ११ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ ।

यस कम्पनीले सन् २०२४ मा १ अर्ब १ करोड ७० लाख रुपैयाँको व्यापार गरेको छ । यसैगरी, यस कम्पनीले सन् २०२३ मा १ अर्ब ३१ करोड २० लाख रुपैयाँको व्यापार गरेको थियो । यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि २ अर्ब ६५ करोड १८ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि १ अर्ब ८ करोड १८ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि १ अर्ब ५६ करोड रुपैयाँको रेटिङ गराएको हो ।

यस कम्पनीले वार्षिक ७३ हजार मेट्रिक टन क्षमतामा उद्योग सञ्चालन गर्दै आएको जानकारी दिएको छ । यस कम्पनीका अध्यक्ष राम गोपाल गोयन्का रहेका छन् ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime