Skip to content

क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट ३ महिनामा ३ अर्ब ३६ करोड बराबरको कृषिजन्यवस्तु निर्यात

nabil
global ime

भद्रपुर । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकरभिट्टाबाट चालु आर्थिक वर्ष २०८२/८३ को पहिलो त्रैमासिकमा ३ अर्ब ३६ करोड ७८ लाख ६० हजार रुपैयाँ बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ।

कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुहरूमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । उक्त तीन महिनामा सबैभन्दा धेरै अलैँची १ अर्ब ५१ करोड ८१ लाख, चिया ७५ करोड ६६ लाख, प्लाइउड २७ करोड ७४ लाख, भेनियर २७ करोड २८ लाख, अम्लिसो १९ करोड ५९ लाख रुपैयाँ मूल्यबराबरको निर्यात भएको छ ।

त्यसैगरी, कार्यालयको तथ्यांकअनुसार अदुवा ११ करोड ९० लाख, ताजा तरकारी ९ करोड ४७ लाख, जडीबुटी १ करोड २४ लाख, मसुरो दाल ७ करोड ४१ लाख रुपैयाँ मूल्यबराबरको निर्यात भएको छ । सूचना अधिकारी ठाकुरका अनुसार सोही अवधिमा पूर्वीनाकाबाट १ अर्ब ४५ करोड १३ लाख ६५ हजार रुपैयाँ मूल्यबराबरको कृषिजन्य मालवस्तु आयात भएको छ ।

आयात हुने मुख्य कृषिजन्य वस्तुहरूमा आलु, कोदो, गेडागुडी दलहन, चामल, ताजा तरकारी, ताजा फलफूल, लसुन, मकै, पशु दानालगायत रहेका छन् । क्वारेन्टिन कार्यालयको तथ्याङ्कअनुसार कोदो छ करोड २० लाख, चामल चार करोड ९६ लाख, तरकारी ३ करोड ६ लाख रुपैयाँ मूल्यबराबरको आयात भएको छ ।

त्यसैगरी, ताजा फलफूल २३ करोड ६७ लाख, लसुन १७ करोड ९९ लाख, आलु ३० करोड ७७ लाख रुपैयाँ मूल्यबराबरको आयात भएको क्वारेन्टिन कार्यालयले जनाएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

citizen life
MAK 4T