काठमाडौं । मंगलबार सुन र चाँदीको मूल्य घटेको छ । आज छापावाला सुनको मूल्य प्रतितोला एक हजार ४०० रुपैयाँले घटेको हो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार यस दिन छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । गत सोमबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३९ हजार ७०० रुपैयाँमा कारोबार भएको थियो ।
यसैगरी, आज चाँदी तोलामा ४५ रुपैयाँ घटेको छ । आज मंगलबारको बजारमा चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला ३ हजार ६० रुपैयाँमा कारोबार भएको थियो।






प्रतिक्रिया दिनुहोस्