Skip to content

महसुल विवादमा प्रधानमन्त्री सहितको संवादबाट मध्यमार्गी प्रस्ताव लगिएको ढकालको धारणा

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासंघ अध्यक्ष चन्द्र ढकालले विद्युत महसुल विवादमा प्रधानमन्त्री सहितको संवादबाट मध्यमार्गी प्रस्ताव लगिएको बताएका छन्।

डेडिकेटेड ट्रंकलाइ प्रिमियम महशुल विवादका विषयमा राखिएको नयाँ प्रस्तावका विषयमा मंगलबार नेपाल उद्योग वाणिज्य महासंघमा गरिएको पत्रकारसम्मेलनमा बोल्दै उनले यस्तो बताएका हुन्।

उनले आइतबार र सोमबार प्रधानमन्त्री सहितको संवादबाट अहिले नयाँ प्रस्ताव लगिएको बताए। सम्बन्धित उद्योगीसँग मागेको प्रतिक्रियाको आधारमा नै उक्त प्रस्ताव लगिएको ढकालले बताए।

ढकालले प्रधानमन्त्री सहितको संवादबाट २८ किस्ता बराबरको रकमबाट आउने १ किस्ताको रकमलाई धरौटी राख्ने र कानुनी उपचारमा बाटो खोल्ने नयाँ प्रस्ताव अघि सारिएको जानकारी दिए।

अहिले १४/१५ दिन उद्योगमा लाइन काट्दा अर्थतन्त्रमा नै नकारात्मक असर परेको उनले बताए। महासंघले यो समस्या तत्काल समाधान गरेर उद्योगमा लाइन जोड्न निरन्तर संवाद गरिहेको छ।

 

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

MAK 4T