Skip to content

सुनकाे मूल्य ६ सयले मूल्य बढ्यो, कतिमा हुँदैछ कारोबार ?

nabil bank

काठमाडौं । नेपाली बजारमा सुन र चाँदी दुवैको मूल्य बढेको छ । आज सुन प्रतितोला ६०० रुपैयाँ र चाँदी तोलामा २० रुपैयाँ बढेको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३७ हजार ८०० रुपैयाँमा कारोबार भइरहेको छ । बुधबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३७ हजार २०० रुपैयाँमा कारोबार भएको थियो ।

त्यस्तै, आज चाँदी तोलामा २० रुपैयाँ बढेको छ । आज बजारमा चाँदी प्रतितोला ३ हजार १० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बुधबारको बजारमा चाँदी प्रतितोला २ हजार ९ सय ९० रुपैयाँमा कारोबार भएको थियो ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime