काठमाडौं । आइतबार सुनको मूल्य सामान्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलाको २०० रुपैयाँ बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ६०० रुपैयाँमा कारोबार भइरहेको छ। गत शुक्रबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ३८ हजार ४०० रुपैयाँमा कारोबार भएको थियो।
आज चाँदीको मूल्य भने सामान्य घटेको छ । आज चाँदी पनि तोलामा ५ रुपैयाँ घटेको छ । आज चाँदी प्रतितोला ३ हजार १५ रुपैयाँमा खरिदबिक्री भइरहेको छ । गत शुक्रबार चाँदी प्रतितोला ३ हजार २० रुपैयाँमा कारोबार भएको थियो ।
प्रतिक्रिया दिनुहोस्