Skip to content

टाटा कम्पनीको बिक्रेता सिप्रदीले एक वर्षमा २४ अर्बको व्यापार गर्यो, कुन वर्ष कति ?

nabil bank

काठमाडौं । टाटा ब्रान्डको सवारी साधन बिक्री वितरण गर्दै आएको सिप्रदी ट्रेडिङको व्यापार बढेको छ । गत आर्थिक वर्षमा यस कम्पनीले ४ अर्ब ८ करोड ८० लाख रुपैयाँ बराबरको व्यापार गरेको छ । सन् २०२४ मा १८ अर्ब ५८ करोड ८० लाख रुपैयाँको कारोबार गरेको थियो ।

कम्पनीले सन् २०२३ मा १८ करोड ३० करोड ४० लाख रुपैयाँ, सन् २०२२ मा २८ अर्ब ९५ करोड ५० लाख रुपैयाँ र सन् २०२१ मा २५ अर्ब ४१ करोड ९० लाख रुपैयाँको कारोबार गरेको थियो ।

यस कम्पनीले अल्पकालीन कर्जाका लागि १३ अर्ब ७५ करोड रुपैयाँको रेटिङ गराएको छ । यस कम्पनीको अध्यक्षमा सिद्धार्थ राणा रहेका छन् । सन् १९७९ मा स्थापना भएको कम्पनी टाटा ब्रान्डको सवारी साधन आयात तथा बिक्री गर्ने नेपालको लागि आधिकारिक बिक्रेता हो ।

कम्पनीले सन् १९८२ देखि व्यवसायिक सवारी साधन र सन् १९९२ देखि यात्रुवाहक सवारी साधन बिक्री वितरण गर्दै आएको छ । त्यससँगै कम्पनीले सन् २००० देखि एक्साइड ब्याट्री र सन् २००२ देखि मक लुब्रिक्यान्टको व्यापार गर्दै आएको छ ।

कम्पनीको देशभर १४ वटा आफ्नै शोरुम छन् । सिप्रदी ग्रुपद्वारा सञ्चालित कम्पनीले सिप्रदी हायर पर्चेज कम्पनी पनि सञ्चालन गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime