Skip to content
Prabhu

सुन र चाँदीको मूल्य घट्यो, कतिमा हुँदै छ कारोबार ?

काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य तोलामा ७ सय रुपैयाँ र चाँदीको ५ रुपैयाँले घटेको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासघका अनुसार शुक्रबार छापावाला सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँ र तेजावी सुन प्रतितोला १ लाख ३८ हजार ६ सय ५० रुपैयाँमा कारोबार भइरहेको छ ।

बिहीबार छापावाला सुन प्रतितोला १ लाख ४० हजार रुपैयाँ र तेजाबी सुन प्रतितोला १ लाख ३९ हजार ३ सय रुपैयाँमा खरिद बिक्री भएको थियो ।

शुक्रबार चाँदीको मूल्य प्रतितोला ५ रुपैयाँले घटेर १ हजार ८ सय रुपैयाँमा खरिदबिक्री भइरहेको छ । बिहीबार चाँदी प्रतितोला १ हजार ८ सय ५ रुपैयाँमा खरिद बिक्री भएको थियो ।
अन्तर्राष्ट्रिय बजारमा शुक्रबार सुन प्रतिऔंस सुन २ हजार ३७७ दशमलव ३ डलरमा कारोबार भइरहेको छ

Prabhu

प्रतिक्रिया दिनुहोस्

sign

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal