काठमाडौं । मंगलबार नेपाली बजारमा सुन-चाँदीको मूल्य उच्च अंकले बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार मंगलबार सुनको मूल्य तोलाको ४ हजार ९०० सय रुपैयाँ बढेको हो ।
महासंघका अनुसार आज छापावाल सुन प्रतितोला २ लाख ४६ हजार ४०० रुपैयाँमा कारोबार भइरहेको छ। सोमबारको बजारमा छापावाल सुन प्रतितोला २ लाख ४१ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो।
यस दिन चाँदी तोलामा १०५ रुपैयाँ बढेको छ । मंगलबारको बजारमा चाँदी प्रतितोला ३ हजार १७० रुपैयाँमा खरिदबिक्री भइरहेको छ । सोमबारको बजारमा चाँदी प्रतितोला ३ हजार ६५ रुपैयाँमा कारोबार भएको थियो ।












प्रतिक्रिया दिनुहोस्