Skip to content

गाडी र घर किन्नको लागि थप सजिलो, राष्ट्र बैंकले बनायो खुकुलो नीति

nabil bank

काठमाडौं । नेपाल राष्ट्र बैंकले घरजग्गा र गाडी किन्नको लागि पाइने कर्जा खुकुलो बनाएको छ ।

विगतमा कडा नीति गरेर घरजग्गा र गाडीमा कम कर्जा जाने नीति लिएको राष्ट्र बैंकले मौद्रिक नीतिको त्रैमासीक समीक्षा मार्फत खुकुलो नीति बनाएको हो ।

बैंक तथा वित्तीय संस्थाले प्रवाह गर्ने विद्यमान १२५ प्रतिशत जोखिमभार रहेका हायर पर्चेज प्रकृतिका सवारी साधन कर्जाको जोखिमभार घटाई १०० प्रतिशत कायम गरेको छ ।

सवारी कर्जाको जोखिम भार घट्दा बैंकहरुलाई पुँजीकोषमा राहत हुन्छ भने थप ऋण दिन समेत सजिलो हुन्छ।

यस्तै घर जग्गा खरिद प्रयोजनको लागि ऋण भुक्तानी आम्दानी अनुपात लाई सहजीकरण गरी कर चुक्ता प्रमाण पेश गरेका आधारमा विद्यमान ५० प्रतिशतबाट ७० प्रतिशत कायम गरिने छ । यो व्यवस्था अनुसार घरजग्गा किन्नको लागि बढी ऋण पाउने छ ।

बैंक तथा वित्तीय संस्थाहरुबाट प्रवाहित असल वर्गमा वर्गीकरण भएका कर्जाहरुको लागि गर्नुपर्ने विद्यमान कर्जा नोक्सानी व्यवस्था १.२५ प्रतिशतबाट घटाई १.२० प्रतिशत कायम गरेको छ । यसले नोक्सानी व्यवस्थाको लागि बैंकहरुले राख्नुपर्ने रकम घट्ने छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime
ime
citizen life
MAK 4T
Arghakhachi