काठमाडौं । बोस्च पावर टुल्सको नेपालको आधिकारिक वितरक इन्फ्राटेक प्रालि मार्फत दराज नेपालको ११ः११ अभियानमा सहभागी हुँदैछ ।
यस अभियानमार्फत पेशेवर तथा गृह निर्माण र डिय (आफ्नै हातले निर्माण गर्ने) रुचाउने ग्राहकहरूलाई उच्च गुणस्तर र उच्च प्रदर्शन गर्ने पावर टुल्समा १५ प्रतिशतसम्मको छुट पाउने छन् ।
नेपालको प्रमुख ई-कमर्स प्लेटफर्म दराजमा उपलब्ध अभियानले निर्माण, अटोमोबाइल, र घर सुधारका लागि बोस्च पावर टुल्सको विस्तृत श्रृंखला प्रस्तुत गर्दछ । साथै, फास्टेस्ट फिङ्गर फर्स्ट अफरमा २२ हजार ९ सय मूल्यको प्रेसर वाशर ११ रुपैयाँमा पाइने छ ।
११:११ अभियानमार्फत बोस्च पावर टुल्सले आफ्नो विश्वव्यापी गुणस्तर, टिकाउपन र नवप्रवर्तनको प्रतिष्ठा बलियो बनाउँदै नेपालका ठूलो निर्माण कम्पनीहरूदेखि व्यक्तिगत कारीगरहरूसम्म, ग्राहकहरूलाई उत्पादन र प्रदर्शन सुधार्न आवश्यक उपकरण उपलब्ध गराउने जनाएको छ ।
नेपालमा बोस्च पावर टुल्स विस. २०७३ देखिको एक मात्र आधिकारिक वितरक इन्फ्राटेक प्रालिमार्फत वितरण हुँदै आएका छन् । ग्राहकहरूले यी सीमित समयका अफरहरू नोभेम्बर ११ देखि दराजमा मात्र लाभ उठाउन सक्नेछन् ।












प्रतिक्रिया दिनुहोस्