काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले राजस्व सचिवको जिम्मेवारी भूपाल बराललाई दिएका छन् ।
तत्कालिन राजस्व सचिव दिनेशकुमार घिमिरेलाई मन्त्री खनालले असोज ६ गते सरुवा गरेपछि उक्त पद खाली रहेको छ । तत्कालिन समयमा घिमिरेलाई राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोग पठाइएको थियो ।
लामो समय खाली रहेको राजस्व सचिवको जिम्मेवारी बरालले पाएका छन् । राजस्व प्रशासनमा अब्बल मानिने बराल हाल बागमती प्रदेश मुख्यमन्त्री कार्यालयको प्रमुख सचिव रहेका छन् । अर्थ स्रोतका अनुसार बराल आइतबारदेखि मन्त्रालयमा हाजिर हुने तयारी रहेको छ ।
बरालसँग यसअघि अर्थ मन्त्रालयको राजस्व प्रशासन महाशाखा, बजेट महाशाखा, आन्तरिक राजस्व विभागको महानिर्देश भएर काम गरेको अनुभव रहेको छ ।






प्रतिक्रिया दिनुहोस्