काठमाडौं । अर्थ मन्त्रालयले फागुन २१ गतेका लागि तय गरिएको प्रतिनिधि सभा निर्वाचनका लागि ४ अर्ब ९६ करोड रुपैयाँ बजेट स्वीकृत गरेको छ। अर्थ मन्त्रालयले पहिलो चरणमा उक्त रकम स्वीकृत गरेको हो ।
पछि माग भएको खण्डमा फेरि बजेट निकासा गरिने अर्थ मन्त्रालयले जनाएको छ । निर्वाचन आयोगले सरकारसँग ७ अर्ब रुपैयाँ मागेको थियो।
२०७९ मा प्रतिनिधि र प्रदेश सभाको निर्वाचन एकैपटक हुँदा ८ अर्ब ५० करोड रुपैयाँ खर्च भएको थियो।






प्रतिक्रिया दिनुहोस्