काठमाडौं । आज सुनको मूल्यमा निकै गिरावट आएको छ । आइतबार सुन तोलामा ६ हजार ९ सय रुपैयाँ घटेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।
यो सँगै आज सुन प्रतितोला २ लाख ४२ हजार ८ सय रुपैयाँ कायम भएको छ । शुक्रबार प्रतितोला २ लाख ४९ हजार ७ सय रुपैयाँ रहेको थियो ।
यस्तै चाँदी तोलामा १५० रुपैयाँ घटेर प्रतितोला ३ हजार १३५ रुपैयाँ छ । शुक्रबार ३ हजार २८५ रुपैयाँ रहेको थियो ।






प्रतिक्रिया दिनुहोस्