Skip to content

म डुब्दा बैंक र रोजगारी दुवै जोखिममा पर्छ: मीनबहादुर गुरूङ

nabil bank

काठमाडौं । मुलुकमा पछिल्लो चार वर्षदेखि सबैभन्दा धेरै कर तिरेर अगाडि रहेको भाटभटेनी सुपरमार्केटका सञ्चालक मीनबहादुर गुरूङले आफ्नो व्यवसायिक यात्रा नै उतार–चढावले भरिएको बताएका छन् ।

करदिवसको दिन आयोजित सम्मान कार्यक्रममा उनले उक्त कुरा बताएका हुन् ।

‘भाटभटेनीमा भएको ठूलो आगलागी ‘स्वीट पेन’ जस्तै थियो, दुःख पनि, सिकाइ पनि’ उनले भने ‘कहिले कीर्ते भन्छन्, कहिले जेल हालिन्छ, कहिले जलाइन्छ । यी सबैले मलाई ‘स्वीट पेन’ दिएको हो ।’

गुरुङले आफु माथि लाग्दै आएका आरोप होस् वा ठूलो क्षति, सबैलाई स्वीकारेर अघि बढेको बताए ।

कर तिरेर बाँकी नाफा दानमै लगाउने सोचभएको र स्वास्थ्य क्षेत्रमा भाटभटेनीले ठूलो योगदान गर्दै आएको उनको भनाइ छ । भगवान कोइराला अस्पतालदेखि टिचिङ अस्पतालसम्म सहयोग गरेको उनले बताए ।

भ्याट प्रणाली सुरु हुँदा आफू निकै खुसी भएको स्मरण गर्दै उनले पछि अरूको गल्तीमा आफू दण्डित हुनु परेको तितो अनुभव पनि बाँडे । ‘त्यो बेलाको आम्दानीले त हर्जाना तिर्ने स्थिति थिएन, त्यसैले अझै मेहनत गर्नुपर्ने भयो’ गुरूङले भने

त्यसपछि आफुले झन् कडा परिश्रम गरेको र अहिले त्यसको फल पनि देखिएको छ बताए ।
‘पहिले २ अर्बको कारोबार गर्ने भाटभटेनी अहिले ३३ अर्बको कारोबार गर्ने अवस्थामा पुगेको छ’ उनले भने ।

आगलागीले ठूलै क्षति पुर्‍याए पनि बीमाले सबै भरपाई गरेको र यस्तो अवस्थामा पनि आफू उठ्नैपर्ने बाध्यता रहेको उनले सुनाए । ‘म डुब्दा बैंक पनि डुब्छ, रोजगारी जाने मान्छेहरू पनि हुन्छन्’ उनले भने ।

भाटभटेनीले कुनै पार्टीलाई भवन बनाइदिने विषयलाई लिएर सुपरमार्केट जलाइयो भन्ने चर्चाबारे गुरूङले त्यो व्यक्तिगत चासो मात्रै भएको बताए । तर त्यसैलाई कारण ठहर्याएर आफूले जलाइयो भन्नु आफैँमा गल्ती भएको स्वीकार गरे ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime