Skip to content

बजारको तह र मूल्य निर्धारण मापदण्डका लागि वाणिज्य विभागले माग्यो सुझाव

nabil bank

काठमाडौं । वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले बजारको तह र वस्तु तथा सेवाको मापदण्ड निर्धारण गर्न आवश्यक सुझाव उपलब्ध गराउन आग्रह गरेको छ ।

उपभोक्ता संरक्षण ऐन, २०७५ को दफा १३ अनुसार बजारको तह तथा वस्तु र सेवा मूल्यको मापदण्ड निर्धारण गर्न अध्ययन प्रतिवेदन पेस गर्न विभागका महानिर्देशक रोशन ज्ञवालीको संयोजकत्वमा निजी क्षेत्र र अन्य सरोकारवाला समेतको प्रतिनिधित्व हुने गरी समिति गठन गरिएको विभागले जनाएको छ ।

नागरिक तथा उपभोक्ता समेतबाट बजारको तह र मूल्य निर्धारणसम्बन्धी मापदण्डको मस्यौदा तयार गर्नका लागि सुझाव लिने निर्णय भएको विभागले उल्लेख गरेको छ । वस्तु तथा सेवाको मूल्य निर्धारणमा एकरूपता, पारदर्शिता र नियमनको आवश्यकता, मूल्य नियन्त्रण, उपभोक्ता संरक्षण तथा बजार सन्तुलनका साथै बजारको नियम समेतलाई मध्यनजर गर्दै हाल चलनमा रहेका बजार संरचनाको स्पष्ट परिभाषा जरुरत भएको विभागले स्पष्ट पारेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime