काठमाडौं । चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्म आउँदा नेपाल टेलिकमको नाफा घटको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्ममा कम्पनीले १ अर्ब ३२ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको छ। कम्पनीको नाफा गत आर्थिक वर्षको सोही अवधिको तुलनामा २३.८२ प्रतिशतले घटेको हो । गत आर्थिक वर्षको सोही अवधिसम्ममा कम्पनीले १ अर्ब ७३ करोड ९५ लाख रुपैयाँ खुद नाफा कमाएको थियो।
कम्पनीको आम्दानी घटेका कारण नाफा घटेको हो । चालु आवको पहिलो तीन महिनामा कम्पनीको आम्दानी ०.०१ प्रतिशतले घटेर ८ अर्ब ६७ करोड ९५ लाख रुपैयाँमा झरेको छ । अघिल्लो आर्थिक वर्ष यस कम्पनीको आम्दानी ८ अर्ब ६८ करोड १ लाख रुपैयाँ रहेको थियो ।
यस अवधिसम्म आउँला यस कम्पनीको वित्तीय आम्दानी ४८.९९ प्रतिशतले घटेर ६० करोड ५ लाख रुपैयाँमा सीमित भएको छ । गत आर्थिक वर्षमा यस कम्पनीको यस्तो आम्दानी १ अर्ब १७ करोड ७१ लाख ६६ हजार रुपैयाँ रहेको थियो। त्यस्तै, कम्पनीको कुल आम्दानी समीक्षा अवधिमा ५.८९ प्रतिशत घटेर ९ अर्ब ४७ करोड रुपैयाँमा सीमित भएको छ । गत आवमा यस कम्पनीको यस्तो नाफा १० अर्ब ६ करोड ३७ लाख रुपैयाँ थियो ।
यस अवधिमा नाफासँगै कम्पनीको प्रतिसेयर आम्दानी पनि घटेको छ। समीक्षा अवधिमा कम्पनीको प्रतिसेयर आम्दानी ९ रुपैयाँ २१ पैसा घटेर २९ रुपैयाँ ४५ पैसामा झरेको छ। असोज मसान्तसम्ममा कम्पनीको प्रतिसेयर नेटवर्थ ५०५ रुपैयाँ ७५ पैसा रहेको छ भने मूल्य आम्दानी अनुपात २८.७२ गुणा रहेको छ। यस अवधिसम्म कम्पनीको चुक्ता पुँजी १८ अर्ब रुपैयाँ रहेको छ । यस कम्पनीको जगेडा कोषमा ७३ अर्ब ३ करोड ५७ लाख रुपैयाँ सञ्चित छ।
प्रतिक्रिया दिनुहोस्