Skip to content

नेपाल ल्यूब आयलले १ वर्षमा १.३५ करोडको व्यापार गर्यो, कुन वर्ष कति ?

nabil bank

काठमाडौं । नेपाल ल्यूब आयलले गत आर्थिक वर्षमा १ अर्ब ३५ करोड ३० लाख रुपैयाँको व्यापार गरेको छ । कम्पनीले सन् २०२४ मा १ अर्ब १७ करोड ५० लाख रुपैयाँको व्यापार गरेको थियो । यसैगरी, २०२३ मा ९२ करोड ७० लाख रुपैयाँको व्यापार गरेको थियो ।

सीजी होल्डिङ्सले सञ्चालन गरेको कम्पनीले गत आवमा ४ करोड ६० लाख रुपैयाँ खुद नाफा कमाएको छ । गत आवमा कम्पनीबाट उच्च बिक्री हुँदा व्यापार बढेको उल्लेख छ । कम्पनीको नाफासँगै कुल नगद सञ्चय पनि बढेको छ । कम्पनीको सन् २०२४ मा ५ करोड ५० लाख रुपैयाँ कुल नगद सञ्चय थियो । गत आर्थिक वर्षमा ६ करोड रुपैयाँ पुगेको छ ।

यस कम्पनीले दीर्घकालीन तथा अल्पकालीन कर्जाका लागि ५१ करोड ८७ लाख रुपैयाँको रेटिङ गराएको छ । कम्पनीले दीर्घकालीन कर्जाका लागि ३७ लाख रुपैयाँ र अल्पकालीन कर्जाका लागि ५१ करोड ५० लाख रुपैयाँको रेटिङ गराएको हो ।

यस कम्पनीको अध्यक्षमा अरुणकुमार चौधरी रहेका छन् । सन् १९८४ मा स्थापना कम्पनीले विशेषगरी उत्पादन र अटोमोटिभ लुब्रिक्यान्ट, औद्योगिक लुब्रिकक्यान्ट र ट्रान्सफर्मर आयलको व्यापार गर्दै आएको छ । कम्पनीसँग गल्फ आयल इन्टरनेशनलको लाइसेन्स छ भने उत्पादन गरेको लुब्रिक्यान्ट गल्फ ब्रान्डमा बिक्री वितरण गर्दै आएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime