Skip to content

सुनको मूल्य २८ सय रुपैयाँ बढ्यो, चाँदीकाे भाउ कति ? 

nabil bank
काठमाडौं । बुधवार नेपाली बजारमा सुन–चाँदीको मूल्य बढेको छ । यस दिन सुन प्रतितोला दुई हजार ८०० रुपैयाँले बढेको छ भने चाँदी ६० रुपैयाँले बढेको हो ।
आज सुन प्रतितोला २ लाख ४२ हजार ३०० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा सुनको मूल्य प्रतितोला २ लाख ३९ हजार ५०० रुपैयाँमा कारोबार भएको थियो ।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज चाँदीको मूल्य तोलामा ६० रुपैयाँ बढेको छ । आजको बजारमा चाँदी प्रतितोला ३ हजार १५० रुपैयाँमा कारोबार भइरहेको छ । मंगलबारको बजारमा ३ हजार ९० रुपैयाँमा कारोबार भएको थियो ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime