Skip to content

अन्तरिम सरकारले करका दर हेरफेर गर्न मिल्दैन: अर्थमन्त्री खनाल

nabil bank

काठमाडौं । अर्थमन्त्री रामेश्वर खनालले वर्तमान सरकार सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा केन्द्रित रहेको बताएका छन् । परिसंघले बुधवार काठमाडौंमा आयोजना गरेको ‘राजश्व प्रणालीमा सुधार: सार्वजनिक निजी संवाद’ कार्यक्रममा बोल्दै उनले यस्तो बताएका हुन् ।

उनले सरकार निर्वाचन गराउने र सुरक्षित तवरले सत्ता हस्तान्तरण गर्ने योजनाका साथ अघि बढिरहेको बताए । अन्तरिम सरकारलाई निर्वाचन गराउने म्यान्डेट रहेकाले करका दरहरू हेरफेरमा आफू नलागेको स्पष्ट पारे । सकेसम्म संयमित रहँदै, आलोचनाबाट बच्दै र कानुनसम्मत तरिकाले आफूहरू अघि बढिरहेको जिकिर गरे ।

अर्थमन्त्री खनालले सकेसम्म संयमित रहेर काम गर्नुपर्ने बताए । यसैगरी हाल आलोचनाबाट बच्नु पनि पर्ने, कानुनसम्मत पनि हुनुपर्ने समयमा अहिले करका दर चलाउन नमिल्ने उनले बताए ।    ‘कुनै एउटा खास पक्षलाई पक्षपोषण गर्न थालियो भनेर फेरि अर्को व्यावसायिक तप्काबाट आवाज उठ्छ । सरकारको ध्यान निर्वाचन गराउनेमा छ । सरकारको ध्यान सुरक्षित तरिकाले सत्ता हस्तान्तरण गर्नेमा छ । ’  अर्थमन्त्री खनाल भन्छन् ।

यस कारण अवराेध आउने खाल, विरोध हुने खाले काममा उनी नलागेकाे जानकारी दिएका छन् ।  अर्थमन्त्री खनालले करका दर अहिले हेरफेर गर्न खोजे निजी क्षेत्रबाटै विरोधको आवाज उठ्ने बताए ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime