काठमाडौं । तीन करोड रुपैयाँ लगानीमा काठमाडौंको दरबारमार्गमा स्टारबोस कफीको आउटलेट सञ्चालनमा ल्याइएको छ ।
कफीको आउटलेट टक्सार ग्रुप अफ कम्पनीले सञ्चालनमा ल्याइएको हो ।
उक्त आउटलेटको नबिल बैंकका प्रमुख कार्यकारी अधिकृत मनोज ज्ञवालीले उद्घाटन गरेका छन् । यस्तै पूर्व मिस नेपाल नम्रता श्रेष्ठलाई ब्राण्ड एम्बेस्डरमा नियुक्त गरिएको छ ।
कम्पनीका अध्यक्ष श्रीकृष्ण श्रेष्ठले अन्तर्राष्ट्रिय स्तरको अनुभव दिने उद्देश्यले यो आउटलेट सञ्चालनमा ल्याएको बताए । उनले आगामी दिनमा कफीको आउटलेट काठमाडौंको तीनकुने र ललितपुरको इमाडोलमा सञ्चालनमा ल्याउने बताए ।






प्रतिक्रिया दिनुहोस्