Skip to content

चार महिनामा सवा १६ अर्बको ९३५ किलो सुन भित्रियो, कुन देशबाट कति ?

काठमाडौं । चालु आर्थिक वर्षको कात्तिक मसान्तसम्म ९३५.७४९ किलो सुन नेपाल भित्रिएको छ । भन्सार विभागका अनुसार चार महिनामा सवा १६ अर्ब २३ करोड ४० लाख ८८ हजार रुपैयाँ बराबरको सुन आयात भएको हो ।
भन्सार विभागका अनुसार सरकारले सुन आयात गरेर चालु आवको चार महिनामा १ अर्ब ६२ करोड ४० लाख ८ हजार रुपैयाँ बराबरको राजस्व संकलन गरेको छ । यस अवधिमा ९ लाख ३५ हजार ७४९ ग्राम सुन आयात भएको हो ।
यस अवधिमा सबैभन्दा धेरै सुन आयात दुबैबाट भएको छ । यस देशबाट नेपालमा १५ अर्ब ७२ करोड ११ लाख ४४ हजार रुपैयाँ बराबरको ९ लाख २ हजार ग्राम सुन आयात भएको छ । यसबाट सरकारले १ अर्ब ५७ करोड २१ लाख १६ हजार रुपैयाँ राजस्व संकलन गरेको छ ।
दुबैपछि कतारबाट सबैभन्दा धेरै सुन आयात भएको छ । कतारबाट नेपालमा १३ करोड ५० लाख ४ हजार रुपैयाँ बराबरको ८ हजार ७९६ ग्राम सुन आयात भएको छ । सबैभन्दा धेरै सुन आयात हुने तेस्रो देश साउदी अरेबिया रहेको छ । यसैगरी, युके, अमेरिका, हङकङ, थाइल्यान्ड, कोरिया, कुवेत, मलेसिया, अस्ट्रेलिया र बेल्जियमबाट सुन आयात भएको छ ।
चालु आवको चार महिनासम्म आउँदा बराइन, भुटान, चीन, जापान, क्यानडा, ओमन, इजरायल, भारत, बुलगारिया, जोर्डन, सिंगापुर, पोर्चुगल, जर्मन, ब्रुनाई दारुस्सलाम, बेला रुस, रोमनिया, साईप्रस, लेबनान लगायतका देशबाट नेपालमा सुन आयात भएको भन्सार विभागले जनाएको छ ।
Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

bulet bike
citizen life
MAK 4T
sanima