काठमाडौं । हालै मलेसियामा आएको बाढीले १० हजार भन्दा बढी मानिस विस्थापित भएका छन् ।
बाढीका कारण मलेसियाको उत्तरी राज्य केलान्टान सबैभन्दा बढी प्रभावित भएको छ ।
स्थानीय अधिकारीहरुका अनुसार भारी वर्षाका कारण आएको बाढीले ८ हजार २४८ जनालाई सुरक्षित स्थानमा स्थानान्त्रण गरिएको छ । विस्थापितहरूलाई ३३ वटा अस्थायी केन्द्रमा सारिएको छ ।
मलेसियाको मौसम विभागका अनुसार निरन्तर रुपमा भारी वर्षा र तीव्र हावाहुरीको सम्भावना कायमै छ ।






प्रतिक्रिया दिनुहोस्