Skip to content

नेपाल-विश्व बैंकबीच ‘क्लिन एयर एण्ड प्रस्पेरस नेशन’ परियोजनाको छलफल अन्तिम चरणमा

nabil bank

काठमाडौं । नेपाल सरकार र विश्व बैंकबीच ‘नेपाल क्लिन एयर एण्ड प्रोस्पेरस नेशन’ परियोजनाका बिषयमा भएको छलफल अन्तिम चरणमा पुगेको छ ।

करिब १५६ मिलियन अमेरिकी डलर बराबरको परियोजनामा लगानी सम्बन्धी सहमति निकट भविष्यमा टुंगो लाग्ने बताइएको छ।

परियोजनाअन्तर्गत १०० मिलियन डलर सहुलियतपूर्ण ऋणका रूपमा उपलब्ध गराइनेछ । साथै, इन्धनमा आधारित उद्योगहरूलाई वातावरणमैत्री ऊर्जा प्रविधिमा रूपान्तरण गर्न प्रोत्साहनस्वरूप २० प्रतिशत अनुदान समेत प्रदान गरिनेछ।

सरकारका अनुसार यो अनुदान उद्योगहरूले प्रत्यक्ष पाउनेछन् । यसको वितरण राष्ट्रिय वाणिज्य बैंकमार्फत सञ्चालन हुनेछ । प्रविधिको आधुनिकीकरण, स्वच्छ ऊर्जा प्रयोग र वायु प्रदूषणमा कमी ल्याउने लक्ष्यसहित परियोजना सन्चालन गरिन लागिएको हो ।

नेपालको औद्योगिक क्षेत्रलाई स्वच्छ ऊर्जा अवलम्बनतर्फ धकेल्दै वातावरणीय प्रदूषण नियन्त्रण र दीर्घकालीन समृद्धि सुनिश्चित गर्ने सरकारको योजनामा यो परियोजना महत्वपूर्ण आधार हुने अपेक्षा गरिएको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime