Skip to content

राष्ट्र बैंकद्वारा संस्थागत निक्षेपको ब्याजदर एक प्रतिशत विन्दुले कम गर्न निर्देशन

काठमाडौं । नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाका लागि आइतबार सर्कुलर जारी गरेको छ। राष्ट्र[...]

अदालतमा महाप्रसाद अधिकारीको जवाफः गभर्नरको बन्न शैक्षिक रुपमा योग्य छु

काठमाडौं । नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलेसर्वोच्च अदालतमा गभर्नर बन्न शैक्षिक रुपमा योग्य भएकोजवाफ पठाएका छन् । सर्वोच्च अदालतमा गभर्नर अधिकारी शैक्षिक योग्यता विषयमामुद्दा छ । सर्वोच्चले गभर्नर अधिकारीसँग लिखित जवाफमागेको थियो । अधिकारीले सर्वोच्चमा लिखित जवाफ पठाएरआफू योग्य भएको उल्लेख गरेका छन् । अधिकारीले सर्वोच्चमा पठाएको लिखित जवाफ सर्वोच्च अदालतबाटमितिः २०८४/०१/ट लाग्ने दस्तुर लिई सक्कल दिन पाना १ को का दरले जम्मा पाना २१… श्रीसर्वोच्च अदालतमा चढाएको लिखितजवाफविषय:- विपक्षीको रिट निवेदन खारेज गरी पाउँ ।छविलाल अधिकारीको छोरा जि. खोटाङ, खोटेहाङ गा.पा. वडा नं. ८ घर भई हाल ल. पु. जि. लिखितजवाफभैसेपाटी बस्ने वर्ष ६० को महाप्रसाद अधिकारीको वारिस का.जि. चन्द्रागिरी प्रस्तुतकर्ता न.पा. वडा २ बस्ने बर्ष ३३को शिवराम भूर्तेल– मुद्दाः उत्प्रेषण, अधिकारपृच्छा सहितको परमादेश (०८०-WO-०५९७)विपक्षी रिट निवेदकहरुले म समेत उपर यस श्री सर्वोच्च अदालतमा दर्ता गर्नु भएको उपरोक्त विषयको रिटमा १५दिनभित्र लिखित जवाफ लिई आउनु भन्ने व्यहोराको स्वाद मिति २०८०/०९/२६ मा प्राप्त भएकोमा सो मितिबाट १५दिन अर्थात २०८०।१०।११ गते भित्र लिखितजवाफ दर्ता गर्नु पर्नेमा ज्वरो, आई काबु बाहिरको परिस्थिति परी उक्तम्याद गुज्रन गएकोले गुज्रेको म्याद सर्वोच्च अदालत नियमावली, २०७३ को नियम ५५(१) बमोजिम धामी पाएकोम्यादै भित्र निम्नलिखित व्यहोराको लिखित जवाफ लिई उपस्थित भएको छु । सहजताको लागि यसलिखितजवाफमा नेपालको संविधानलाई “संविधान नेपाल राष्ट्र बैंक ऐन, २०५८ साई “ऐन र नेपाल राष्ट्र बैंकलाई“बैंक” भनी संवोधन गरिएको छ ।१. विपक्षीको रिट निवेदन व्यहोरा हेर्दा, मूलतः ऐनको दफा १५ बमोजिम बैंकको गभर्नरको पदमा नियुक्त हुनआवश्यक योग्यताका सम्बन्धमा सोही ऐनको दफा २० को व्यवस्था हेर्दा गभर्नर, पदमा नियुक्त हुनको लागिनेपालको नागरिक भएको, उच्च नैतिक चरित्र भएको, आर्थिक, मौद्रिक, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङकशास्त्र, गणित वा कानुन विषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरेको हुनु पर्नेमाThe Institute of Chartered Accountants of India बाट Chartered Accountancy को तालिमलिएका महाप्रसाद अधिकारीलाई नेपाल सरकारले बैंकको १७ औं गभर्नरमा नियुक्ति गर्दा उक्त ऐनले तोकेकोन्यूनतम शैक्षिक योग्यता नै नपुगेका व्यक्तिलाई नियुक्ति गरेको, हामी निवेदकमध्ये कानूनमा स्नातकोत्तरको उपाधीहासिल गरी १० वर्षभन्दा बढी समयदेखि कानून व्यवसाय गरी आएका योग्य व्यक्तिहरु हुँदाहुँदै योग्यता नपुगेकाव्यक्तिले गर्दा देशको समग्र बजार, आर्थिक नीति नै प्रभावित हुन जान्छ । देश वर्षों पछाडि पर्न सक्छ । यो भनेकोदेशको लागि अपुरणीय क्षति हुने विषय हो जसको भरपाई संभव हुदैन । तसर्थ संविधानको प्रस्तावना, धारा १, १७, १८, २०(९) ४६ र ऐनको दफा २० बमोजिमका संवैधानिक कानूनी तथा सम्मानित सर्वोच्च अदालतका नजिरसिद्धान्त बमोजिम विपक्षीहरुले कार्य गरेको देखिदैन । विपक्षी गभर्नरको योग्यता पुगेको देखाई हचुवाका आधारमागभर्नर जस्तो गरिमामय पदमा नियुक्ति गरेको देखिन्छ । विपक्षी गभर्नरलाई विपक्षी बैंकको गभर्नर पदमा नियुक्तगर्ने गरी विपक्षीहरुबाट भए गरेको मिति २०७६ ११२।२४ को निर्णय उत्प्रेषणको आदेशले बदर गरी अबदेखि न्यूनतमयोग्यता नपुगेको व्यक्तिलाई गभर्नर पदमा नियुक्त नगर्नु नगराउनु भनी विपक्षीहरुका नाममा अधिकारपृच्छासहितको परमादेशको आदेश लगायत जो चाहिने उपयुक्त आज्ञा आदेश समेत जारी गरी पाउँ । गभर्नरकोयोग्यतामा नै प्रश्न खडा भै सकेपछि गैह्कानूनी तवरले उक्त सम्मानित पदमा एकक्षण समेत बस्न उचित हुदैन । विपक्षी गभर्नरको कानून विपरितको योग्यताका आधारमा गभर्नर भई योग्यता पुगेका व्यक्तिहरुलाई बाहिरराखिएको अवस्था भएको हुँदा स्नातकोत्तरको उपाधि हासिल गरी कानून क्षेत्रमा १० वर्षभन्दा बढी अनुभव भएकानिवेदकहरु समेत भएको हुँदा हामीले पनि उक्त पद पाउन योग्य रहेको हुँदा अयोग्य व्यक्तिलाई गरिएको नियुक्तबदर गर्न सर्वोच्च अदालत नियमावली २०७४ को नियम ४२ बमोजिम अन्तरिम आदेश जारी गरी पाउँ भन्ने समेतकोमुख्य मागदाबी रहेको ।२. रिट निवेदकले विपक्षी बनाएका अन्य प्रत्यर्थीहरुले के कस्तो व्यहोराको लिखित जवाफ लगाउने हो वालिखितजवाफ नै नलगाइ म्याद गुजारी बस्ने हो त्यसबाट मेरो हकमा कुनै प्रतिकूल असर नपरोस भन्ने सर्वप्रथमःजिकिर गर्दै विपक्षीको रिट निवेदन खारेजभागी रहेको छ भन्ने सम्बन्धमा निम्न ब्यहोराको जिकिर लिएको छु ।क) गभर्नर नियुक्ति सम्बन्धी कानुनी व्यवस्था र नियुक्ति:-अ. प्रथमतः प्रस्तुत विवाद ऐनको दफा १५ को उपदफा (४) बमोजिम म महाप्रसाद अधिकारीलाई नेपाल सरकारमन्त्रीपरिषद्‌को मिति २०७६ । १२ । २४ को निर्णयानुसार बैंकको रिक्त गभर्नर पदमा नियुक्ति गरिएकोमानिवेदकहरु स्वयं योग्य हुँदा हुदै योग्यता नै नपुगेको मलाई गभर्नर पदमा नियुक्ति गरिएको भन्ने विषयसँग सम्बन्धितरहेकोले सर्वप्रथम नियुक्तिसंग सम्बन्धित कानून एवं सम्पन्न प्रक्रिया सम्बन्धमा सम्मानित अदालतबाट विवेचना हुनआवश्यक छ ।सर्वप्रथमतः बैंकको गभर्नर नियुक्ति सम्बन्धमा ऐनको दफा १५ दफा २० र दफा २१ मा रहेको कानूनी प्रावधान हेर्नुपर्ने हुन्छ ।दफा १५- गभर्नरको नियुक्ति (१) नेपाल सरकार मन्त्रिपरिषद्ले उपदफा (२) बमोजिम गठन भएको सिफारिससमितिको सिफारिसको आधारमा गभर्नरको नियुक्ति गर्नेछ ।(२) नेपाल सरकार मन्त्रिपरिषद्ले गभर्नरको नियुक्ति गर्न देहाय बमोजिम’ सिफारिस समिति गठन गर्नेछ :-(क) अर्थ मन्त्री- अध्यक्ष(ख) पूर्व गभर्नरहरू मध्येबाट एकजना सदस्य(ग) आर्थिक मौद्रिक बैकिंङ वित्तीय तथा वाणिज्य कानूनको क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरुमध्येबाट नेपालसरकारले तोकेको एकजना व्यक्ति सदस्य(३) उपदफा (२) बमोजिम गठन भएको समितिले गभर्नरको नियुक्तिको लागि सिफारिस गर्दा आर्थिक मौद्रिकबैकिंङ वित्तीय तथा वाणिज्य व्यवस्थापन तथा वाणिज्य कानून क्षेत्रका लब्धप्रतिष्ठित व्यक्तिहरु तथा डेपुटीगभर्नरहरुमध्येबाट तीनजनाको नामावली नेपाल सरकार, मन्त्रिपरिषदमा सिफारिस गर्नेछ ।(४) नेपाल सरकार मन्त्रिपरिषद्ले उपदफा (३) बमोजिम सिफारिस भएका नाममध्येबाट एकजनालाई गभर्नर पदमानियुक्त गर्नेछ ।दफा २०- सञ्चालकको योग्यता : गभर्नर, डेपुटी गभर्नर र सञ्चालक पदमा नियुक्ति हुनको लागि देहाय बमोजिमयोग्यता पुगेको व्यक्ति हुनु पर्नेछ:-(क) नेपालको नागरिक भएको,(ख)उच्च नैतिक चरित्र भएको,(ग) आर्थिक, मौद्रिक, बैंकिङ, वित्तीय, वाणिज्य, व्यवस्थापन, जनप्रशासन, तथ्याङकशास्त्र, गणित वा कानुनविषयमा कम्तीमा स्नातकोत्तर उपाधि हासिल गरी आर्थिक, मौद्रिक बैकिङ वित्तीय वा वाणिज्य कानूनको क्षेत्रमाकार्य अनुभव हासिल गरेको, स्पष्टीकरण : यस खण्डको प्रयोजनको लागि “कार्य अनुभव” भन्नाले नेपाल सरकार वाबैंकको विशिष्ट श्रेणीको पद वा विश्वविद्यालयको प्राध्यापक वा “क” श्रेणीको वाणिज्य बैंक वा वित्तीय संस्थाकोकार्यकारी प्रमुख वा अन्तराष्ट्रिय तहको पद वा सो सरहको पद वा मर्यादाक्रमको हिसाबले कार्य गरेको कार्य अनुभवसम्झनु पर्छ ।(घ) दफा २१ बमोजिम अयोग्य नभएको ।सस्थाको कार्यकारी पाउच परमादफा २१. सञ्चालकको अयोग्यता : देहायका कुनै पनि व्यक्ति गभर्नर, डेपुटी गभर्नर तथा सञ्चालक पदमा नियुक्तहुन योग्य हुने छैन :-(क) राजनैतिक दलको सदस्य वा पदाधिकारी, वा(ख) बाणिज्य बैंक वा वित्तीय संस्थासँगको कुनै कारोवारमा कालो सूचीमा परेको व्यक्ति, वा(ग) बाणिज्य बैंक तथा वित्तीय संस्थाको बहालवाला पदाधिकारी, वा(घ) वाणिज्य बैंक तथा वित्तीय संस्थामा पाँच प्रतिशत वा सो भन्दा बढी शेयर वा मतदानको अधिकार भएकोव्यक्ति, वा(ङ) ऋण तिर्न नसकी साहूको दामासाहीमा परेको व्यक्ति, वा(च) बहुलाएको व्यक्ति, वा(छ) नैतिक पतन देखिने फौजदारी अभियोगमा अदालतबाट सजाय पाएको व्यक्ति ।आ. उक्त कानूनी प्रावधान अनुसार नेपाल सरकार मन्त्रिपरिषद्ले गठन गरेको गभर्नरको नियुक्ति गर्न गठितसिफारिस समितिले उक्त कानुनले तोकेका शैक्षिक योग्यता लगायतका सम्पूर्ण मापदण्डको आधारमा परीक्षण गरेरनै म लगायत तीनजनाको नाम सिफारिस गरेको मान्नुपर्ने नै हुन्छ । विपक्षीले नै सो सिफारिस समितिलाई विपक्षीनबनाएको आधारमा सो समितिको काम कारवाहीलाई विपक्षी समेतले वैध र कानुन बमोजिम नै भए गरेको कुरामानेको देखिन्छ । यसरी सो समितिको सिफारिस बमोजिम मलाई बैंकको गभर्नरमा नियुक्त गर्ने नेपाल सरकारमन्त्रीपरिषद्‌को मिति २०७६ । १२ । २४ को निर्णयानुसार सोही मितिको नेपाल सरकार, अर्थ मन्त्रालयको०७६/७७-१३५ को पत्रले ऐनको दफा १५ को उपदफा (४) बमोजिम बैंकको रिक्त गभर्नर पदमा नियुक्ति पाई सोहीऐनको दफा १०८ बमोजिम सम्मानित सर्वोच्च अदालतका सम्माननीय प्रधान न्यायाधीशज्यू समक्ष मिति २०७६।१२।१५ मा पद तथा गोपनीयताको सपथ ग्रहण गरी प्रचलित कानून बमोजिमको पदीय जिम्मेवारी कुशतापूर्वक निर्वाहगरी आएको छु । कानून बमोजिमको आधार, कारण र प्रक्रियाको आधारमा नेपाल सरकार, मन्त्रिपरिषद्ले पदमुक्तगरेको अवस्थामा बाहेक ऐनको दफा १८ बमोजिम मेरो कार्यकाल नियुक्त भएको मितिले पाँच वर्ष भएकोले सोअवधिसम्म गभर्नरको पदमा रही सेवा गर्न पाउने मेरो वैध अपेक्षा (Legitimate Expectation) रहेकोछ ।इ. म निवेदकले नेपाल राष्ट्र बैंकको उच्च स्तरको विभिन्न व्यवस्थापकीय जिम्मेवारीमा रही बैंकको गभर्नर सरहकैयोग्यता रहेको सोही बैंकको डेपुटी गभर्नर पदमा मिति २०६७।९।१३ मा नियुक्त भई सो हैसियतले बैंककोसंचालकको जिम्मेवारीमा २०७२।९।१२ सम्म रहेको थिएँ । सो अवधिमा देशको समग्र आर्थिक, मौद्रिक तथावित्तीय क्षेत्र अर्थात देशको समग्र अर्थतन्त्रलाई सही दिशा दिने कार्यमा नेतृत्वदायी जिम्मेवारी बहन गर्दै देशकोसमग्र अर्थतन्त्र तथा बैंकिङ प्रणालीलाई स्वदेश तथा विदेशमा समेत भरपर्दो र विश्वसनीय बनाउन अहम् भूमिकानिर्वाह गरिसकेको छु । त्यस्तै खुल्ला प्रतिस्पर्धाबाट छनौट भई नेपाल सरकारको मिति २०७३।०३।०९ को निर्णयबमोजिम मिति २०७३ । ०३ । १० मा लगानी बोर्डको कार्यकारी प्रमुखमा नियुक्त भई करिब ३ वर्ष देशको पूर्वाधारविकासका क्षेत्रमा स्वदेशी तथा विदेशी लगानी परिचालित गर्न समेत विशेष योगदान पुयाएको छु ।ख) म लिखितजवाफकर्ताले हासिल गरेको शैक्षिक योग्यता र सोको कानुनी मान्यताः-अ. म लिखितजवाफ प्रस्तुतकर्ताले त्रिभुवन विश्वविद्यालयवाट वि.स. २०४५ साल (सन् १९८८) मा ब्यवस्थापनअन्तर्गतको Business Administration विषयमा स्नातक तह उत्तीर्ण गरी सन् १९८९ मे १२ मा The Institute of Chartered Accountants of India,[...]

हिमालयन बैंकद्वारा शुक्रराज ट्रपिकल अस्पतालमा नगद संकलन काउन्टर सञ्चालन

काठमाडौं । हिमालयन बैंकले टेकुस्थित शुक्रराज ट्रपिकल तथा सरुवारोग अस्पतालमा आज बुधबारदेखि नगद संकलन काउन्टर सञ्चालनमा[...]

लघुवित्त र सहकारीका समस्या चाँडै समाधान हुन्छन्ः प्रधानमन्त्री दाहाल

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लघुवित्त तथा सहकारी क्षेत्रमा देखिएका समस्या समाधानका लागि सरकारले आवश्यक[...]

नेपाल एसबीआई बैंकद्वारा पशुपतिको कैलाश डाँडामा वृक्षरोपण

काठमाडौं । नेपाल एसबीआई बैंकले पशुपति मन्दिर परिसर काठमाडौंमा संस्थागत सामाजिक उत्तरदायित्वअन्तर्गत वृक्षरोपण कार्यक्रम सम्पन्न गरिएको[...]

निराधार समाचार र बदनियतपूर्ण भनाइप्रति सिबिफिनको गम्भीर ध्यानाकर्षण

 काठमाडौं । मुलुकको अर्थतन्त्रको मेरुदण्डको रूपमा रहेका बैंक तथा वित्तीय संस्थाहरूको साख, गरिमा, विश्वसनियतामा ठेस पुग्ने[...]

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal