Skip to content

इसेवा र नागरिक स्टक डिलरबीच सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानीको लागि सहकार्य

 काठमाडौं ।  नेपालको पहिलो र अग्रणी भुक्तानी सेवा प्रदायक इसेवा देखि नागरिक स्टक डिलर मार्फत हुने सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी गर्न सकिने भएको छ । यसका साथै नागरिक स्टक डिलर मेरो सेयर र डिम्याट खाता नविकरण शुल्क भुक्तानी पनि इसेवा मार्फत गर्न सकिन्छ।  यस सम्झौताले लगानीकर्ताहरुलाई  नागरिक स्टक डिलरबाट गरेको सेयर खरिद-बिक्रीको सेटलमेन्ट गर्न थप सहज हुनेछ। अनलाइन भुक्तानी सम्बन्धी सम्झौतापत्रमा इसेवाका तर्फबाट प्रमुख कार्यकारी अधिकृत जगदिश खड्का र नागरिक स्टक डिलरका प्रमुख कार्यकारी अधिकृत  महेश्वरलाल प्रधानले  हस्ताक्षर u/] .   हाल इसेवाको सेवा एण्ड्रोइड तथा आइओएस मोबाइल मार्फत करिब ७८  लाख ग्राहकले सेवा लिइरहेका छन् । यसैभरी देशभर रहेका दुईलाख भन्दा बढि एजेन्ट मार्फतअप्रत्यक्ष रुपमा डेढ करोड भन्दा बढि जनसंख्याले सेवा लिइरहेका छन् । इसेवाबाट इन्सयोरेन्स्को प्रिमियम भुक्तानी मोबाईल, टेलिफोन, इन्टरनेट, बिजुली तथा खानेपानीको महशुल भुक्तानी, विभिन्न सरकारी कार्यालयहरूको शुल्क भुक्तानी, हवाइजहाज, बसको टिकट, स्कुल कलेजको शुल्क, सेयर खरिद-बिक्री सेटलमेन्टको भुक्तानी लगायतका करिब २५ सय वटा मर्चेन्ट तथा सेवा तथा सुविधाको भुक्तानी गर्नसकिन्छ ।  

प्रिमियममा एफपीओ र मर्जर तथा एक्विजेशन गरेर पुँजीगत लाभ गरेका संस्थाबाट सरकारलाई १३ अर्ब आम्दानी

काठमाडौं । काठमाडौं । प्रिमियम मूल्यमा थप सार्वजनिक निष्कासन९एफपीओ० जारी गरेका र मर्जर तथा एक्विजेशनमा सेयर[...]

ग्लोबल आइएमई बैंकको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित

काठमाडौं । ग्लोबल आइएमई बैंक लिमिटेडको अध्यक्षमा चन्द्रप्रसाद ढकाल निर्विरोध निर्वाचित भएका छन् । बैंकको १७औँ वार्षिक[...]

“पुँजी बजारको विकास र विस्तारको लागि अध्यक्षको जिम्मेवारी पाएकी हुँ”; संरक्षणा चौधरी

नेपाल पूँजीबजार संघले आफ्नो नवनिर्वाचित अध्यक्ष र संचालक समितीका सम्पुर्ण सदस्यहरुलाई सम्मान एवं स्वागत कार्यक्रम सम्पन्न[...]

Copyright 2024 © laganinews.com | All rights reserved.

Designed & Maintained by Eservices Nepal