डेडिकेटेड र ट्रंकलाइन समस्या समाधान गर्न पूर्व न्यायाधीश गिरिचन्द्रलालको संयोजकत्वमा आयोग गठन
काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन महशुलको समस्या समाधान गर्न सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा बक्यौता शुल्क[...]
डेडिकेटेड र ट्रंकलाइन समस्या समाधान गर्न पूर्व न्यायाधीश गिरिचन्द्रलालको संयोजकत्वमा आयोग गठन
काठमाडौं । डेडिकेटेड र ट्रंकलाइन महशुलको समस्या समाधान गर्न सरकारले पूर्वन्यायाधीश गिरिशचन्द्र लालको संयोजकत्वमा बक्यौता शुल्क[...]
१६औँ योजनाको तयारी तीव्र, स्वाथ्य र शिक्षा क्षेत्रमा कस्तो बन्दैछन् योजना ?
काठमाडौं । राष्ट्रिय योजना आयोगले आगामी ५ वर्षभित्रमा ५ वर्ष र सो भन्दा माथिको साक्षरता दर[...]
ट्रंक र डेडिकेटेड लाइनको बक्यौता रहेका उद्योगीलाई किस्तामा पैसा तिर्न ३० दिनको समय
काठमाडौं । ट्रंक र डेडिकेटेड लाइनको बक्यौता रहेका उद्योगीलाई किस्तामा पैसा तिर्न विद्युत् प्राधिकरणले ३० दिनको[...]
लगानी बढाउन २८ वटा कानुनमा सुधार आवश्यक रहेको सुझाव सिएनआईले सरकारले बुझायो
काठमाडौं । नेपाल उद्योग परिसंघले समग्र अर्थतन्त्रको विकासका लागि कानुनमा गरिनुपर्ने सुधार सम्बन्धि विस्तृत सुझाव सरकारलाई[...]
लगानीको सम्भाव्य चार क्षेत्र उत्कृष्ट: अर्थमन्त्री डा महत
काठमाडौं । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानीका सम्भाव्य चार क्षेत्र रहेको बताएका छन् ।सोमबार आयोजित[...]
महशुल पनि उठ्ने, उद्योग पनि चल्ने बिकल्पमा जानुपर्छः प्रधानमन्त्री
काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल “प्रचण्ड”ले ट्रङ्क र डेडिकेटेड व्यवसायीले विद्युत प्राधिकरणलाई भुक्तानी गर्नुपर्ने बक्यौता पनि उठ्ने,[...]
बक्यौता रकम बुझाएपछि मात्र काटिएको विजुली जोडिने, अदालतले दिएन अन्तरिम आदेश
काठमाडौं । ट्रंकलाइन र डेडिकेटेड लाइनको विजुली बक्यौता नतिर्ने उद्योगीको लाइन महशुल बुझाएपछि मात्र जोडिने भएको[...]
दक्षिण एशियाको व्यापार अवस्थाबारे दुई दिने अन्तर्राष्ट्रिय सम्मलेन सुरु
काठमाडौं । विश्व व्यापार सङ्गठन (डब्लुटिओ) चेयर्स प्रोग्राम नेपाल र काठमाडौं विश्वविद्यालयको आयोजनामा काठमाडौंमा आजबाट दुई[...]
१० हजार मेगावाट विद्युत निर्यात सम्झौताको इप्पानले गर्यो स्वागत, ’सरकारले सहजीकरण गरे ५ वर्षमै १० हजार मेगावाट उत्पादन’
काठमाडौं । आगामी १० वर्षमा १० हजार मेगावाट विद्युत निर्यात गर्ने गरी नेपाल र भारतबीच भएको[...]
यथार्थ कुरा राख्न निजी क्षेत्रलाई अर्थमन्त्री डा महतको आग्रह
भरतपुर । अर्थमन्त्री डा। प्रकाशशरण महतले यथेष्ट सूचना र तथ्यांकका आधारमा मात्र अभिव्यक्ति सार्वजनिक गर्न निजी[...]
विद्युत् व्यापारमा कोशेढुंगाः प्रधानमन्त्री प्रचण्ड
रामेछाप । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आजबाट १० वर्षमा १० हजार मेगावाट विद्युत व्यापारको सम्झौता भएको[...]
मुग्लिन–पोखरा सडक : तनहुँको पूर्वी खण्डमा ४ किलोमिटरसम्म दुईतर्फी कालोपत्र
मुग्लिन । मुग्लिन–पोखरा सडक विस्तारअन्तर्गत तनहुँको पूर्वी खण्डमा ४ किलोमिटरसम्म दुईतर्फी कालोपत्रगरिएको छ । सडक आयोजना (पूर्वी खण्ड)ले तनहुँको आँबुखैरेनी र बन्दीपुरमा ४ किलोमिटर दूरीमादुईतर्फी कालोपत्र गरेको हो ।१२ दशमलव ५ किलोमिटर दूरीमा एकतर्फी कालोपत्र सकिएकामा सोही दूरीमा दुईतर्फी कालोपत्र गर्नेलक्ष्यअनुसार काम भइरहेको आयोजनाका इन्जिनियर विष्णुप्रसाद पाण्डेले जानकारी दिए । उनका अनुसार हाल बन्दीपुरको छिर्कने–डुम्रे खण्डमा दुईतर्फी नै कालोपत्र गरेर गाडी सञ्चालन सहजबनाउने काम भइरहेको छ । अन्य ठाउँमा पक्की पुल निर्माण, कल्भर्ट निर्माण, डिभाइडर बनाउने कामलेपनि गति लिएको छ ।पृथ्वी राजमार्गलाई ४ लेनमा विस्तार गर्ने उद्देश्यसहित काम भइरहेको मुग्लिन–पोखरा सडक विस्तारआयोजनाको पूर्वी खण्डमा हालसम्म करिब ४५ प्रतिशत काम सकिएको छ । तनहुँको आँबुखैरेनीबाटजामुनेसम्मको उक्तखण्ड ४१ दशमलव ५ किलोमिटर छ । आँबुखैरेनीबाट जामुनेसम्मको खण्डमा कामतीव्रगतिमा अगाडि बढेको इन्जिनियर पाण्डको भनाइ थियो ।पूर्वी खण्डमा सडक फराकिलो बनाउने, पक्की पुल तथा कल्भर्ट निर्माणको कामले पनि गति लिएको छ। राजमार्ग विस्तारका लागि पूर्वी खण्डमा घरटहरा हटाउने काम भइरहेको छ । यो खण्डमा ६ सय ३१घरटहरा भत्काइनेछ । त्यसका लागि २२ करोड ४५ लाख रुपैयाँ मुआब्जा वितरण गरिनेछ ।पूर्वी खण्डको कामका लागि विसं २०७७ माघ १७ गते सम्झौता भई २०७८ वैशाख २ गतेदेखि काम सुरुभएको थियो । ४१ दशमलव ४५ किमी यो खण्डमा ३ ठूला र ४ साना पुल निर्माण गरिनेछ । पूर्वीखण्डको ठेक्का चाइना कम्युनिकेसन कन्स्ट्रक्सनले पाएको छ । यो खण्डको म्याद विसं २०८१ वैशाखसम्म रहेको छ ।यता पश्चिम खण्डमा माघको तेस्रो सातादेखि कालोपत्र गर्न तयारी थालिएको छ। तनहुँको जामुनेबाटपोखरासम्मको पश्चिम खण्डमा माघको तेस्रो सातादेखि कालोपत्र थाल्ने तयारी गरिएको हो। त्यसकालागि अहिले उक्त खण्डमा बेस राख्ने काम भइरहेको मुग्लिन–पोखरा सडक योजना पश्चिम खण्डकाइन्जिनियर नारायणप्रसाद पौडेलले जानकारी दिए ।केही समयदेखि निकै सुस्त काम भइरहेको यो खण्डमा अहिले कामको गतिले तीव्रता पाएको छ । हालसम्म यो खण्डको प्रगति १४ प्रतिशतमात्रै छ । सडक कालोपत्रका लागि करिब २ किलोमिटर बेसकोकाम सकिएको उनले बताए ।इन्जिनियर पौडेलले भने, ‘जनवरीको अन्तिम वा फेब्रुअरीको सुरुदेखि कालोपत्र हुनेछ । त्यहीअनुसारअहिले काम भइरहेको छ ।’ उनका अनुसार हाल चिनियाँ ५० र नेपाली ६० इन्जिनियर यो खण्डमाखटिएका छन् । त्यस्तै आयोजनास्थलमा ४ सयभन्दा बढी नेपाली कामदार परिचालन गरिएको छ ।सडक आयोजनासँग हाल २० किलोमिटर कालोपत्र गर्न आवश्यक सामग्री तयारी अवस्थामा रहेकोजनाइएको छ । पश्चिम खण्डअन्तर्गत जामुनबाट पोखरासम्म विसं २०७८ जेठ २ गते सम्झौता भई विसं२०७८ भदौ १२ गतेदेखि काम सुरु भएको थियो ।यो खण्ड निर्माणको जिम्मा चिनियाँ कम्पनी यनहुइ काइयुयान हाइवे एण्ड ब्रिज कन्सट्रक्सनले पाएको छ। यो खण्डको म्याद विसं २०८१ भदौसम्म रहेको छ । यो खण्डको ठेक्का ७ अर्ब ४० करोड ४६ लाखरुपैयाँमा लागेको थियो ।विसं २०२६ मा रेखांकन भएको सडकमा सवारी साधनको चाप बढ्दै गएपछि एसियाली विकास बैंक(एडीबी)को ऋण सहयोगमा सडक ४ लेनको बनाउन लागिएको हो । ४ लेनको बन्दा सडक सीमादुईतर्फी २५-२५ मिटर हुनेछ । बाक्लो बस्ती भएका स्थानमा ४१ मिटर चौडा सडक बन्नेछ ।डिजाइनअनुसार तनहुँको दमौली र डुम्रे बजारमा ४१ मिटरको सडक बन्नेछ । दुलेगौडाबाट खैरेनीटारबजारसम्म, कोत्रे बजार क्षेत्र र कास्कीको गगनगौडाबाट पोखरासम्म सडकको चौडाइ ४६ मिटरको हुनेछ ।