Skip to content

एक वर्षमा ९२ ब्रोकर कम्पनीले गरे २१ खर्ब बढीको सेयर कारोबार, एउटैको खर्ब बढी (विवरणसहित)

nabil bank

काठमाडौं । सञ्चालनमा रहेको ९२ वटा ब्रोकर कम्पनीले एक वर्षमा २१ खर्ब ६ अर्ब ३३ करोड ४२ लाख ७२ हजार ८१४ रुपैयाँको सेयर खरिद बिक्री गरेका छन् ।

गत आर्थिक वर्षमा ९२ वटा ब्रोकर कम्पनीले २१ खर्ब ६ अर्ब ३३ करोड ४२ लाख ७२ हजार ८१४ रुपैयाँको सेयर खरिद बिक्री गरेका हुन् ।

यस अवधिमा सबैभन्दा धेरै सेयर कारोबार नाशा सेक्यूरेटिज कम्पनीको भएको छ । यस कम्पनीले गत आवको १२ महिनामा १ खर्ब २९ अर्ब १ करोड ८९ लाख ३४ हजार १९ रुपैयाँ बराबरको सेयर खरिद बिक्री भएको छ । यस अवधिमा यस कम्पनीको १ खर्ब २९ अर्ब ४० करोड १८ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ।

यसैगरी, दोस्रोमा इम्पेरियल सेक्युरिटिज कम्पनी रहेको छ। यो ब्रोकरले ८३ अर्ब २१ करोड ५५ करोडको सेयर बिक्री गरेको छ भने ८७ अर्ब ७ करोड ४१ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ।

तेस्रोमा भिजन ७९ अर्ब ७८ करोड ९७ रुपैयाँबराबरको सेयर बिक्री गरेको छ भने ७७ अर्ब २३ करोड ४५ लाख रुपैयाँबराबरको सेयर खरिद गरेको छ।

कम्पनीले गत आर्थिक वर्षमा ५ करोड ५७ लाख २९ हजार ९३० रुपैयाँको सेयर कारोबार गरेको छ। यसैगरी, पाही इन्भेष्टमेन्ट कम्पनीले गत आवमा १९ करोड २८ लाख ३ हजार ८९२ रुपैयाँ बराबरको सेयर कारोबार गरेको छ।

अन्य ब्रोकर कम्पनीको सेयर कारोबार

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime