Skip to content

सारथि केवल इन्डष्ट्रीजले आईपीओ ल्याउने, बिक्री प्रबन्धकमा सिटिजन्स क्यापिटल 

nabil bank

काठमाडौं । सारथि केवल इन्डष्ट्रीज कम्पनीले आईपीओ जारी गर्ने भएको छ । आईपीओ जारी गर्न कम्पनीले सिटिजन्स क्यापिटलसँग सम्झौता गरेको छ । कम्पनीले आईपीओ निष्कासनको लागि साउन ७ गते बुधवार क्यापिटलसँग सम्झौता गरेको हो ।

उक्त सम्झौता पत्रमा सारथि केवल इन्डष्ट्रीजका अध्यक्ष अंकित भुसाल र सिटिजन्स क्यापिटल लिमिटेडका प्रमुख कार्यकारी अधिकृत सबिर बादे श्रेष्ठले हस्ताक्षर गरेका छन् । सारथि केवलले आगामी आर्थिक वर्ष २०८२–८३ मा आफ्नो जारी पुँजीको २० प्रतिशत सर्वसाधारणलाई निष्कासन गर्ने योजना सार्वजनिक गरेको छ। यस आईपीओ मार्फत नेपाली नागरिकले एक अग्रगामी र सम्भावनायुक्त उद्योगमा लगानी गर्ने उत्कृष्ट अवसर प्राप्त गर्ने कम्पनीको विश्वास रहेको छ ।

आईपीओबाट संकलित रकमको प्रयोग कम्पनीले नेपालमै पहिलो पटक अन्डरग्राउन्ड केबल उत्पादन सुरु गर्ने जानकारी दिएको छ । नेपालमा विद्युत् सामग्री उत्पादनमा आत्मनिर्भरता ल्याउनेतर्फ एक ऐतिहासिक प्रयास हुनेछ कम्पनीको विश्वास रहेको छ  । यसैगरी, अत्याधुनिक प्रविधि प्रयोग गरी एल्युमिनियम फर्नेस प्लान्ट जडान गर्ने लक्ष्य लिएको छ। यसले आयातमा निर्भरता घटाउनुका साथै नेपालको विद्युत् पूर्वाधारको गुणस्तर र विश्वसनीयता अभिवृद्धि गर्नेछ । यसका साथै लगानीकर्ताहरू र ग्राहकहरूका लागि दीर्घकालीन मूल्य सिर्जना हुने अपेक्षा गरिएको छ ।

सारथि केवल इन्डष्ट्रीज लिमिटेडले विगत १८ वर्ष देखि नेपालकै सबैभन्दा भरपर्दो र प्रतिष्ठित केवल तथा तार उत्पादन कम्पनीहरूमध्ये एक अग्रणी कम्पनी हो। कम्पनीले मुख्यता बहु(क्यूमरान्ड केबल, पावर केबल, केन्द्रित केबल, एसिएसआर, कन्डक्टर उत्पादनहरूमा विशेषज्ञता हासिल गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime