Skip to content

उमेशलाल र लजना श्रेष्ठ प्रभु महालक्ष्मीबाट बाहिरिँदै, संस्थापक सेयर बिक्रीमा  

nabil bank

काठमाडौं । प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्स कम्पनीले उमेशलाल श्रेष्ठ र लजना श्रेष्ठको नाममा रहेको संस्थापक सेयर बिक्री गर्ने भएको छ । कम्पनीका संस्थापक सेयरधनी उमेश लाल श्रेष्ठ र लजना श्रेष्ठ उक्त कम्पनीबाट ४५ हजार ४३० कित्ता सेयर बिक्री गरेर बाहिरिन लागेका हुन ।

कम्पनीका संस्थापक सेयरधनी उमेश लाल श्रेष्ठको नाममा रहेको ४४ हजार ५५० कित्ता र लजना श्रेष्ठको नाममा रहेको ८८० कित्ता सेयर बिक्री गर्न लागेको कम्पनीको भनाई छ । संस्थापक सेयरमा पहिलो प्राथमिकता संस्थापक सेयरधनीलाई नै दिनुपर्ने भएकाले कम्पनीले सूचना प्रकाशित भएको मितिले ३५ दिनभित्र संस्थापक सेयरधनीलाई निवेदन पेस गर्न आग्रह गरेको छ ।

Prabhu
sikhar insurance

प्रतिक्रिया दिनुहोस्

global ime